बङ्गलादेशसामु नेपाल निरीह, ५२ रनमा अलआउट

काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटमा बङ्गलादेशसामु नेपालको ब्याटिङ निरीह बनेको छ । मलेसियाका बाङ्गीस्थित वाइएसडी–यूकेएल क्रिकेट ओभलमा जारी डेब्यू खेलमा नेपाल १८.२ ओभरमा ५२ रन बनाएर अलआउट भएको हो । बङ्गलादेशको कसिलो बलिङमा नेपालको ब्याट चल्न सकेन । नेपालका लागि साना प्रविनले सर्वाधिक १९ रन बनाइन् । सीमाना केसीले १० रनको योगदान गरिन् । […]

Jan 18, 2025 - 07:57
 0
बङ्गलादेशसामु नेपाल निरीह, ५२ रनमा अलआउट

काठमाडौं । यू–१९ महिला विश्वकप क्रिकेटमा बङ्गलादेशसामु नेपालको ब्याटिङ निरीह बनेको छ ।

मलेसियाका बाङ्गीस्थित वाइएसडी–यूकेएल क्रिकेट ओभलमा जारी डेब्यू खेलमा नेपाल १८.२ ओभरमा ५२ रन बनाएर अलआउट भएको हो ।

बङ्गलादेशको कसिलो बलिङमा नेपालको ब्याट चल्न सकेन । नेपालका लागि साना प्रविनले सर्वाधिक १९ रन बनाइन् । सीमाना केसीले १० रनको योगदान गरिन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

बङ्गलादेशका लागि भने जन्नतुल माउआले २ तथा सुमैया अख्तर सुवर्णाले र निशिता अख्तर निशीले १–१ विकेट लिइन् ।

टस जितेर बङ्गलादेशले बलिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register