सन्यासको आशयसहित मध्यरातमा सन्दीपको स्टाटस, क्रिकेट समर्थकमा तरंग

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप लामिछानेले खेल जीवनबाट सन्यास लिने आशयसहित सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले शनिबार मध्यराति दर्शकहरूसँग तस्वीर सेयर गर्दै आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका हुन् । ‘सबै कुराका लागि सबैलाई धन्यवाद । यो देश र यस सुन्दर राष्ट्रका अद्भुत मानिसहरूले मेरो यात्राको प्रत्येक कदममा […]

Jan 19, 2025 - 02:51
 0
सन्यासको आशयसहित मध्यरातमा सन्दीपको स्टाटस, क्रिकेट समर्थकमा तरंग

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप लामिछानेले खेल जीवनबाट सन्यास लिने आशयसहित सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।
उनले शनिबार मध्यराति दर्शकहरूसँग तस्वीर सेयर गर्दै आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।

‘सबै कुराका लागि सबैलाई धन्यवाद । यो देश र यस सुन्दर राष्ट्रका अद्भुत मानिसहरूले मेरो यात्राको प्रत्येक कदममा सधैँ साथ दिए, अटल सहयोग प्रदान गरे’, सन्दीपले फेसबूकमा लेखेका छन्, ‘तपाईंहरूको माया र हौसला मेरा लागि अमूल्य छन् र सधैँ मेरो हृदयमा विशेष स्थान ओगटिरहनेछन् । शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु ।’

भर्खरै २४ वर्षको उमेरमा हिँडिरहेका सन्दीपले सन्यास आशयको स्टाटस लेख्नुलाई स्वाभाविक मानिएको छैन । यसले क्रिकेट समर्थकमा तरंक पैदा गरेको छ । विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

कसैले खेल जीवनबाट सन्यास नलिन अनुरोध गरिरहेका छन् भने कतिपयले भने नघुक्र्याउन आग्रह गरेका छन् । कतिले चाहिँ ‘ह्याप्पी रिटायरमेन्ट’ लेखेका छन् ।

पछिल्लो समय जय ट्रफी प्रतियोगितामा अम्पायरले गरेको निर्णयप्रति उनले सामाजिक सञ्जालमार्फ असन्तुष्टि जनाएका थिए ।

उनले नेपालको अम्पायरिङको स्तरमा ठूलो सुधार आवश्यक रहेको बताएका थिए ।

एकदिवसीय खेलमा सबैभन्दा कम खेल खेल्दै १०० विकेट लिएर विश्वकीर्तिमान बनाएका सन्दीको खेल पछिल्लो समय भने खस्किएको छ ।

गत महिना सकिएको नेपाल प्रिमियर लिग (एनपीएल)मा पनि उनले खराब प्रदर्शन गरेका थिए । हालै सकिएको जय ट्रफीमा भने उनले औसत प्रदर्शन गरेका थिए ।

अम्पायरिङप्रति औँला उठाएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) र सन्दीपबीच सम्बन्ध चिसिएको आशंका गरिएको छ । यसैकारण उनले सन्यासको संकेत गरेको हुनसक्ने अनुमान छ ।

नेपालमा अम्पायरिङको स्तरमा महत्त्वपूर्ण सुधार ल्याउन आवश्यक : सन्दीप लामिछाने

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register