‘लाज शरणम्’ हेरेपछि बालेनले भने – लास्टै मज्जा आयो !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फिल्म ‘लाज शरणम्’ र त्यसका कलाकारको प्रशंसा गरेका छन् । बालेन सोमबार फिल्म हेर्न दरबारमार्गको क्युएफएक्स हल पुगेका थिए । फिल्म हेरेपछि उनले लास्टै मज्जा आएको प्रतिक्रिया दिए । फिल्ममा मोहम्मद आफताब आलमको भूमिका निर्वाह गरेका कलाकार सीताराम कट्टेल (धुर्मुस)लाई अङ्कमाल गर्दै बालेनले भने, “यस्तो डिटेल दिनुभाछ […]

Mar 11, 2025 - 06:36
 0
‘लाज शरणम्’ हेरेपछि बालेनले भने – लास्टै मज्जा आयो !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले फिल्म ‘लाज शरणम्’ र त्यसका कलाकारको प्रशंसा गरेका छन् ।

बालेन सोमबार फिल्म हेर्न दरबारमार्गको क्युएफएक्स हल पुगेका थिए । फिल्म हेरेपछि उनले लास्टै मज्जा आएको प्रतिक्रिया दिए ।

फिल्ममा मोहम्मद आफताब आलमको भूमिका निर्वाह गरेका कलाकार सीताराम कट्टेल (धुर्मुस)लाई अङ्कमाल गर्दै बालेनले भने, “यस्तो डिटेल दिनुभाछ नि ! कस्तो डिटेल दिया हो ? लास्टै दामी । लास्टै मज्जा आयो ।”

उनले आलमको हुलिया र हाउभाउलाई धुर्मुसले दुरुस्तै उतारेकोसमेत बताए । “एकदमै राम्रो काम गर्नुभएको छ । म पनि कलाकार हुँ, हामीलाई कला देखाउन पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । हेरिरहँदा एकदमै मज्जा आयो ।” बालेनले भने ।

फिल्ममा बालेनको ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्ने गीत पनि समावेश छ ।

कुमार कट्टेलले निर्देशन र लेखन रहेको फिल्ममा सीतारामसहित विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय  छ ।

जेपीटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register