आइतबार १२.५८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३ सय २५ कम्पनीको एक करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ । आज […]

Jan 19, 2025 - 09:39
 0
आइतबार १२.५८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय २५ कम्पनीको एक करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको २६ करोड ८५ लाख २५ हजार ५ सय ९५ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

त्यस्तै, आइतबारको बजारमा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा  नेगेटिभ सर्किट लागेको  छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register