जनज्योति बहुमुखी क्याम्पस, चन्द्र निगाहपुरको १२ औं क्याम्पस सभा सम्पन्न

रौतहट । रौतहटको चन्द्रपुरमा रहेको जनज्योति बहुमुखी क्याम्पसले १२औं क्याम्पस सभा सम्पन्न भएको छ । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले सभाको उदघाटन गर्नु हुदै साक्षरतामा कमजोर रहेको रौतहट जिल्लामा रहेको जनज्योती बहुमुखी क्याम्पसले यस भेगका विद्यार्थीलाई उच्च शिक्षा दिन मात्र सफल नभई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो । जनज्योती बहुमुखी क्याम्पस […]

Jan 19, 2025 - 09:38
 0
जनज्योति बहुमुखी क्याम्पस, चन्द्र निगाहपुरको १२ औं क्याम्पस सभा सम्पन्न

रौतहट ।

रौतहटको चन्द्रपुरमा रहेको जनज्योति बहुमुखी क्याम्पसले १२औं क्याम्पस सभा सम्पन्न भएको छ ।

प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमल्सिनाले सभाको उदघाटन गर्नु हुदै साक्षरतामा कमजोर रहेको रौतहट जिल्लामा रहेको जनज्योती बहुमुखी क्याम्पसले यस भेगका विद्यार्थीलाई उच्च शिक्षा दिन मात्र सफल नभई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

जनज्योती बहुमुखी क्याम्पस बाट स्नातक तह उतिर्ण गरेका ज्ञ्यानेन्द्र काफलेले ६ महिना यता पाँच पटक लोकसेबामा नाम निकाल्न सफल भएको हुदा क्याम्पसले गुणस्तरीय शिक्षा दिदै आएको प्रमाणित भएको उहाले बताउनुभयो । यस्तै प्रदेश सभा सदस्य युबराज भट्टराईले शैक्षिक गुणस्तरनै आजको आबश्याक्ता रहेको बताउनु हुदै सम्बृद्ध समाज निर्माणमा शिक्षाको महत्व हुने उहाले बताउनु भयो ।

संबिधान सभा सदस्य देबेन्द्र पटेलले सभामा क्याम्पसले रौतहटको मात्र नभई मधेश प्रदेशमै शैक्षिक प्रगती गरेको सुन्न पाउदा खुशी लागेको बताउनु भयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष संजय कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राख्नु हुदै क्याम्पसको सर्बाङ्खिण बिकासमा सरोकारवाला निकायको सहयोगको आबश्यक्ता रहेको बताउनु भयो ।

क्याम्पस संचालक समितिका अध्यक्ष सञ्जय कार्कीले बार्षिक प्रगती प्रतिबेशन प्रस्तुत गर्नुहुदै क्याम्पसमा अध्यनरत बिद्यार्थीहरु लाई सबल बनाउन बिषयत शिक्षाका अलावा अतिरिक्त शिक्षा समेत दिदै आएको बताउनुभयो । पछिल्लो समय क्याम्पसको शौन्दर्यकरण लगायत खेलकुदको ब्यबस्था गरिनुको साथै ईबिलिङ्ग, भेन्डर मेसिनको समेत उपलब्धता गरिएको बताउनु भयो । उहाले चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफले, उपप्रमुख जयमाला चौधरी सहित प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाको समेत क्याम्पसको बिकासमा सहयोग गर्दै आएको बताउनुभयो ।

यस्तै क्याम्पस प्रमुख राजन श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसमा शैक्षिक, भौतिक, आर्थिक तथा व्यवस्थापकीय प्रगतिको विवरण प्रस्तुत गर्नु हुदै क्याम्पसले गुणस्तरीय शिक्षा प्रवाहमा कुनै कसर बाकी नराखेको बताउनु भयो । जनज्योती बहुमुखी क्याम्पसमा स्नातक तहमा मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, र शिक्षाशास्त्र संकाय सहित स्नातकोत्तर तहमा समाजशास्त्र र व्यवस्थापन संकायको अध्यापन हुदै आएको छ ।

क्याम्पसले विद्यार्थी शुल्क, विश्वविद्यालय अनुदान आयोगबाट आय आर्जन गर्दै आएको छ । सभामा क्याम्पस सभासद, विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । क्याम्पस लाई सहयोग गर्ने लक्ष्मि सनराई बैक, नबिल बैक, लुम्बिनी बिकास बैक, ईपिसी नेपाल लाई कदर पत्र प्रदान गरिएको थियो । यस्तै प्राध्यापक मधुकर खडका र कर्मचारी आशिष कोईराला लाई कामको मुल्याकन गर्दै क्याम्पसले सम्मान गरेको छ । आन्तरिक परिक्षामा उत्कृष्ट अक ल्याउने बिद्यार्थी लाई समेत सम्मान गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register