विपिन जोशी पहिलो चरणमा नछुट्ने

काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् । इजरायलले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । जसमा जोशीको नाम उल्लेख छैन । सुदूरपश्चिम विश्वविद्यालयका कृषिविज्ञान विद्यार्थी विपिन ‘लर्न एन्ड अर्न’कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै इजरायल गएका थिए । उनी गाजाको सीमानजिकै एउटा कृषि […]

Jan 19, 2025 - 11:09
 0
विपिन जोशी पहिलो चरणमा नछुट्ने

काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् ।

इजरायलले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । जसमा जोशीको नाम उल्लेख छैन ।

सुदूरपश्चिम विश्वविद्यालयका कृषिविज्ञान विद्यार्थी विपिन ‘लर्न एन्ड अर्न’कार्यक्रमअन्तर्गत अरू विद्यार्थीसँगै इजरायल गएका थिए । उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए ।

कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो । अरू चारजना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए । अन्य दुई जना भने सकुशल थिए ।

जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले हमासले प्रहार गरेको ग्रिनेड फालेर उनले आफूहरूलाई बचाएको बताएका थिए । तर, पछि उनलाई हमास लडाकुले लगेको थियो ।

युद्धविराम सम्झौताको पहिलो चरणको भागको रूपमा हमासले मुक्त गर्ने इजरायली बन्धकहरूमा हमासले अक्टोबर ७ मा बन्धक बनाएका सबैभन्दा कान्छा र सबैभन्दा वृद्धहरू समावेश छन् ।

यसअघि आइतबार हमासले तीन महिला बन्धकहरूको नाम सार्वजनिक गरेको थियो, जसलाई पहिले रिहा गरिने छ ।

आइतबार बिहानदेखि युद्धविराम कार्यान्वयनमा कठिनाइ भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अब गाजामा युद्धविराम स्थानीयसमय अनुसार बिहान ११ः१५ बजे सुरु भएको जनाएको छ ।

सम्बन्धित सामग्री – 

हमासद्वारा रिहा हुने ३३ बन्धकको सूची सार्वजनिक

विपिनकी आमा पद्मा भन्छिन् – ‘म स्वतन्त्र भएँ’ भनेर छोराले म्यासेज गर्ला कि जस्तो लाग्छ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register