जय ट्रफी : पहिलो दिनको खेल सकिँदा मधेसविरुद्ध बागमती सहज स्थितिमा
काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा पहिलो दिनको खेल सकिँदा मधेस प्रदेशविरुद्ध बागमती प्रदेशले ३४ रन बनाएको छ । रामजानकी मल्टिपर्सस स्टेडियममा आइतबार सुरु भएको पहिलो दिनको खेलमा बागमतीले १३ ओभरमा २ विकेटको क्षतिमा ३४ रन बनाएको हो । बागमतीका लागि शुभ कंशकार २२ र इशान पाण्डे ९ रनमा अविजित छन् । यसअघि रित […]

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटमा पहिलो दिनको खेल सकिँदा मधेस प्रदेशविरुद्ध बागमती प्रदेशले ३४ रन बनाएको छ ।
रामजानकी मल्टिपर्सस स्टेडियममा आइतबार सुरु भएको पहिलो दिनको खेलमा बागमतीले १३ ओभरमा २ विकेटको क्षतिमा ३४ रन बनाएको हो ।
बागमतीका लागि शुभ कंशकार २२ र इशान पाण्डे ९ रनमा अविजित छन् । यसअघि रित गौतम ३ रन र आशुतोष घिरैया शून्यमा आउट भए ।
मधेसका लागि रुपेश सिंह र विशाल पटेलले १–१ विकेट लिएका छन् ।
यसअघि पहिले ब्याटिङ गरेको मधेस ३५.३ ओभरमा १०२ रनमा अलआउट भएको थियो ।
बागमतीका लागि मयन यादवले २१, विशाल पटेलले १६, निरज यादवले १२, र हिमान्शु दत्तले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् । अभिषेक तिवारी १० रनमा अविजित रहे ।
बागमतीका लागि कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए । उनले १४ ओभरमा ४१ रन खर्चे । सो क्रममा उनले २ मेडन ओभर फाले ।
यस्तै, सूर्य तामाङले ३ विकेट लिए । नन्दन यादव र प्रतिश जिसीले १–१ विकेट लिए ।
What's Your Reaction?






