झापाका नयाँ सीडीओ अधिकारी भन्छन्, ‘विचौलिया र अनैतिक गतिविधि गर्नेविरूद्ध निर्मम भएर लाग्छु’
भद्रपुर, ६ माघ । झपाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जनमैत्री प्रशासनका लागि विचौलिया र अनैतिक गतिविधि गर्ने बिरूद्ध निर्मम भएर लाग्ने बताएका छन् । केही दिन अगाडि सर्लाहीबाट झापा प्रशासनको नेतृत्व सम्हल्न आइपुगेका प्रजिअ अधिकारीले सरकारी कार्यालय अगाडि बसेर बिचौलियाको भूमिका खेल्नेदेखि सडक अतिक्रमण गर्दै नियम बिपरित व्यपार व्यवसाय गर्ने कार्यले सर्वसाधारणका काममा बाधा [...] The post झापाका नयाँ सीडीओ अधिकारी भन्छन्, ‘विचौलिया र अनैतिक गतिविधि गर्नेविरूद्ध निर्मम भएर लाग्छु’ appeared first on Jhapa Online.

भद्रपुर, ६ माघ । झपाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जनमैत्री प्रशासनका लागि विचौलिया र अनैतिक गतिविधि गर्ने बिरूद्ध निर्मम भएर लाग्ने बताएका छन् ।
केही दिन अगाडि सर्लाहीबाट झापा प्रशासनको नेतृत्व सम्हल्न आइपुगेका प्रजिअ अधिकारीले सरकारी कार्यालय अगाडि बसेर बिचौलियाको भूमिका खेल्नेदेखि सडक अतिक्रमण गर्दै नियम बिपरित व्यपार व्यवसाय गर्ने कार्यले सर्वसाधारणका काममा बाधा भएको गुनासो आउने गरेकाले त्यस्ता कार्य रोक्न निर्मम भएर लाग्ने बताएका हुन् ।
आफ्नै कार्यकक्षमा झापाली सञ्चारकर्मीसित संक्षिप्त कुराकानी गर्दै प्रजिअ अधिकारीले खुल्ला सिमानाको फाइदा उँठाउँदै हुने गरेका चोरी तस्करी, लागुऔषध कारोवार जस्ता अनैतिक गतिविधि नियन्त्रणका लागि प्रहरी प्रशासन प्रतिबद्ध भएर लाग्ने समेत बताए । झापाका सुरक्षा निकायका प्रमुखहरू राखेर प्रजिअ अधिकारीले जनमैत्री कामको वातावरण निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले प्रशासनमा सेवा लिन आउने सेवाग्राहीले दुखः नपाउने वातावरण बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिँदै बिचौलियासित साँठगाठ नर्गन सचेत समेत गराएका छन् ।
जिल्ला प्रशासन झापाको मुख्य प्रवेशद्वारदेखि जिल्ला समन्वय समितिसम्मको सडकमै खुल्ला व्यपार हुँदा दिउँसोको समयमा सर्वसाधारणलाई आवातजावतमा समस्या छ भने कुनै पनि कार्यलयमा काम लिएर आउने सेवाग्राहीलाई सडकमा रहेका बिचौलियाले तानातान गरी आफूखुसी कार्यालय प्रवेश गर्न बाधा गर्ने गरेको गुनासो सर्वसाधारणको रहेको छ ।
The post झापाका नयाँ सीडीओ अधिकारी भन्छन्, ‘विचौलिया र अनैतिक गतिविधि गर्नेविरूद्ध निर्मम भएर लाग्छु’ appeared first on Jhapa Online.
What's Your Reaction?






