बिर्तामोड महोत्सवको तयारी अन्तिम चरणमा

झापा, ६ माघ । ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । स्टल निर्माणदेखि अन्य प्राविधिक पक्षको काम अन्तिम चरणमा पगेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो । महोत्ससव आगामी माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुँदैछ । बिर्तामोड महोत्सवको करिव दुई लाखले अवलोकन गर्नेछन् । महोत्सवले बिर्तामोडको मात्र नभई [...] The post बिर्तामोड महोत्सवको तयारी अन्तिम चरणमा appeared first on Jhapa Online.

Jan 19, 2025 - 13:55
 0
बिर्तामोड महोत्सवको तयारी अन्तिम चरणमा

झापा, ६ माघ । ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । स्टल निर्माणदेखि अन्य प्राविधिक पक्षको काम अन्तिम चरणमा पगेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो । महोत्ससव आगामी माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुँदैछ ।

बिर्तामोड महोत्सवको करिव दुई लाखले अवलोकन गर्नेछन् । महोत्सवले बिर्तामोडको मात्र नभई कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान बनाउने अध्यक्ष न्यौपानेको भनाई छ । महोत्सवमा छिमेकी राष्ट्रहरुबाट समेत आएर व्यवसायीले स्टल राख्ने र व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने न्यौपानेले बताउनुभयो ।

त्यसको त ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सव’मा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड नगरपालिका ५ धर्मकाटा रोडमा आयोजना गरिएको महोत्समा तयार गरिएको ह्याङ्गर २० हजार स्क्वार फुटको रहेको महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताउनुभयो । ह्याङ्गार ३० मिटर चौडाई र ६० मिटर लम्वाइको रहेको व्यवस्थापक सिम्खडाको भनाई छ । ह्याङ्गार भित्र ११८ वटा स्टल रहन सक्ने र यो ह्याङ्गर नेपालकै ठूलो ह्याङ्गर भएको उहाँको दावी छ ।

महोत्सवमा १५० वटा स्टल रहने छन् । जहाँ सार्क राष्ट्रका व्यवसायीले स्टल राख्ने छन् । स्थानीय क्षेत्रमा रहेका सबैखाले उद्योगहरुलाई समेट्दै व्यवसाय क्षेत्रको प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सवमा गाडीदेखि गार्मेन्टसम्मका स्टल रहने सिम्खडाको भनाई छ ।

महोत्सवमा एकैखाले सामाग्री धेरै भन्दा पनि धेरै खाले सामग्री एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य रहेको र उपभोक्ताले सबै सामग्री एकै ठाउँमा प्राप्त गर्न सक्ने उहाँको भनाई छ । सबैखाले मापदण्ड पूरा गरेर आयोजना गरिएको महोत्सवमा सेल्फी जोनदेखि मूलद्वार आकर्षक कलाकृत्तिमा बन्ने उहाँको भनाई छ ।

महोत्सवमा व्यवसाय प्रर्वद्धनसंगै सबैखाले उमेर समूहका मानिसले मनोरञ्जन गर्न सक्ने व्यवस्थापन मिलाइएको उहाँको भनाई छ । जसका लागि हरेक दिन ट्रेण्डिङ्गमा परेका कलाकारको प्रस्तुति रहने छ भने स्थानीय स्तरका मौलिक पहिचान झल्कने विभिन्न कार्यक्रमको आयोजना गरिने उहाँको भनाई छ । यो महोत्सवमा सबै जना जानैपर्छ भन्ने गरिको बनाइने सिम्खडाको दावी छ ।

The post बिर्तामोड महोत्सवको तयारी अन्तिम चरणमा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register