त्रिविको नक्कली शैक्षिक प्रमाणपत्रसहित काभ्रेका श्रेष्ठ पक्राउ 

काठमाडौँ।   त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलान्चोक धुलिखेल न.पा. वडा नं.५श्रीखण्डपुर  बस्ने  ४८ वर्षीय विकास श्रेष्ठ रहेका छन्।   श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरु रहेको भन्ने सूचना प्राप्त प्राप्त भएपछि  काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरेको थियो।  रजिष्ट्रेशन नं. […]

Jan 20, 2025 - 14:47
 0
त्रिविको नक्कली शैक्षिक प्रमाणपत्रसहित काभ्रेका श्रेष्ठ पक्राउ 

काठमाडौँ। 

 त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलान्चोक धुलिखेल न.पा. वडा नं.५श्रीखण्डपुर  बस्ने  ४८ वर्षीय विकास श्रेष्ठ रहेका छन्। 

 श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरु रहेको भन्ने सूचना प्राप्त प्राप्त भएपछि  काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरेको थियो। 

रजिष्ट्रेशन नं. ३६०६१-९३ भएको व्यापार अध्ययनमा स्नातक डिग्री र व्यापार अध्ययनमा स्नातकोत्तर डिग्रीको ट्रान्सक्रिप्ट त्रिभुवन विश्वविद्यालयको अभिलेखमा भिडाइ हेर्दा मेल नखाएको भनी त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय, परीक्षा प्रशासन महाशाखाको पत्रबाट जानकारी भए पश्चात् निज विकास श्रेष्ठलाई यस काठमाण्डौं उपत्यका अपराध अनुसन्धान  कार्यालयबाट खटिएको  प्रहरी टोलीले सोमबार  काभ्रेको  धुलीखेल न.पा. वडा नं. ५ बाट पक्राउ गरेको हो। 

प्रहरीले उनको साथबाट N.C.C बाट जारी भएको स्नातकोत्तर तहको  चरित्र प्रमाणपत्र १ थान त्रिवि बाट जारी भएको स्नातकोत्तर तहकोअस्थायी प्रमाणपत्र १ थान- त्रिभुवन विश्वविद्यालयबाट जारी भएको व्यवसाय अध्ययन शास्त्रीको प्रमाणपत्र थान-१ ,नेपाल सरकार शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरबाट जारी भएको अस्थायी अध्यापन अनुमतिपत्र थान-१ त्रिविबाट जारी भएको व्यवस्थापन संकायको स्नातक तहको शैक्षिक ट्रान्सक्रिप्ट थान-१, T.U बाट जारी भएको बीबीएसको अस्थायी प्रमाणपत्र थान-१,,रियलमी कम्पनिको मोबाइल थान-१ साथै अन्य कागजातहरु बरामद गरेको छ। 

पक्राउ परेका उनलाई  आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली  पठाइएको प्रहरीले जानकारी दिएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register