ट्रम्पको दाबी : अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई दशकौं पछाडि धकेल्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आक्रमणले इरानको आणविक कार्यक्रमलाई दशकौं पछाडि धकेलेको दाबी गरेका छन् । अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई कति क्षति पुर्यायो ? भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा बुधबार उनले आक्रमणले युद्ध समाप्त गरेको बताए । ‘मलाई लाग्छ यसले इरानको आणविक कार्यक्रमलाई दशकौं पछाडि धकलेकोे छ । अब उनीहरूलाई चाहिने अन्तिम […]

Jun 25, 2025 - 16:04
 0
ट्रम्पको दाबी : अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई दशकौं पछाडि धकेल्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको आक्रमणले इरानको आणविक कार्यक्रमलाई दशकौं पछाडि धकेलेको दाबी गरेका छन् ।

अमेरिकी आक्रमणले इरानको आणविक कार्यक्रमलाई कति क्षति पुर्यायो ? भन्ने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा बुधबार उनले आक्रमणले युद्ध समाप्त गरेको बताए ।

‘मलाई लाग्छ यसले इरानको आणविक कार्यक्रमलाई दशकौं पछाडि धकलेकोे छ । अब उनीहरूलाई चाहिने अन्तिम कुरा भनेको समृद्धि हो । त्यो आक्रमणले युद्ध समाप्त गर्यो,’ उनले भने ।

ट्रम्पले इरान र इजरायलबीचको जारी द्वन्द्वलाई ‘स्कुलको आँगनमा दुई बालबालिका झगडा गरे जस्तै’ भन्दै टिप्पणी गरे ।

उनले भने, ‘उनीहरूलाई केही समय लड्न देऊ, त्यसपछि तिनीहरूलाई रोक्न सजिलो हुनेछ,’

इजरायल र इरानबीचको द्वन्द्वलाई ध्यानमा राख्दै ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि कुरा गरेको बताएको बीबीसीमा समाचार छ ।

उनले थपे, ‘मैले उनलाई इरानलाई होइन, हामीलाई मद्दत गर्न भनेको थिएँ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register