ट्रम्पले शपथ लिएपछि जेलेन्स्कीले भने – यो समस्या समाधान गर्ने दिन हो

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि प्रतिक्रिया दिएका छन् । जेलेन्स्कीले भनेका छन्, ‘उनी बलियो मानिस हुन् । म राष्ट्रपति ट्रम्प र सम्पूर्ण अमेरिकाको सफलताको कामना गर्दछु ।’ उनले थप भने, ‘युक्रेनका जनता शान्तिमा पुग्न अमेरिकासँग मिलेर काम गर्न तयार छन् । यो एउटा अवसर हो, जसको अवश्य […]

Jan 21, 2025 - 06:30
 0
ट्रम्पले शपथ लिएपछि जेलेन्स्कीले भने – यो समस्या समाधान गर्ने दिन हो

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि प्रतिक्रिया दिएका छन् ।

जेलेन्स्कीले भनेका छन्, ‘उनी बलियो मानिस हुन् । म राष्ट्रपति ट्रम्प र सम्पूर्ण अमेरिकाको सफलताको कामना गर्दछु ।’

उनले थप भने, ‘युक्रेनका जनता शान्तिमा पुग्न अमेरिकासँग मिलेर काम गर्न तयार छन् । यो एउटा अवसर हो, जसको अवश्य फाइदा लिनुपर्छ ।’

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘म राष्ट्रपति ट्रम्प र अमेरिकी जनतालाई ४७औं राष्ट्रपति बन्न सफल भएकोमा बधाई दिन्छु । आजको दिन परिवर्तनको आशा र भौगोलिक चुनौतीलगायत धेरै समस्या समाधान गर्ने दिन हो ।’

यसअघि ट्रम्पले धेरै पटक रुस–युक्रेन युद्ध अन्त्य गर्ने दाबी गरेका थिए ।

ट्रम्पले भने – रुससँगको युद्ध समाप्त हुनु युक्रेनका लागि राम्रो हुनेछ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register