स्टक एक्सचेञ्जमा ठूलो बार्गेनिङ भएको सांसद केसीको आरोप, भने- ‘दुई दुईवटा स्टक एक्सचेञ्ज किन चाहियो ?’ 

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले नयाँ स्टक एक्सचेञ्जमा बार्गेनिङ भएको आरोप लगाएका छन् ।  सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले स्टक एक्सचेञ्जको लाइसेन्स दिने कुरामा ठूलो बार्गेनिङ भएको आरोप लगाएका हुन् ।  भारतजस्तो ठूलो देशमा पनि दुई वटा मात्रै स्टक एक्सचेञ्ज भएको भन्दै उनले नेपाल […]

Jan 21, 2025 - 08:36
 0
स्टक एक्सचेञ्जमा ठूलो बार्गेनिङ भएको सांसद केसीको आरोप, भने- ‘दुई दुईवटा स्टक एक्सचेञ्ज किन चाहियो ?’ 

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले नयाँ स्टक एक्सचेञ्जमा बार्गेनिङ भएको आरोप लगाएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले स्टक एक्सचेञ्जको लाइसेन्स दिने कुरामा ठूलो बार्गेनिङ भएको आरोप लगाएका हुन् । 

भारतजस्तो ठूलो देशमा पनि दुई वटा मात्रै स्टक एक्सचेञ्ज भएको भन्दै उनले नेपाल जत्रो सानो देशमा एउटा हुँदाहुँदै अर्को स्टक एक्सचेञ्ज किन राख्नुपर्यो ? भन्दै प्रश्न उठाएका छन् । 

त्यस्तै, उनले नयाँ स्टक एक्सचेञ्ज ल्याउने प्रक्रियामा भएको बार्गेनिङको जानकारी लेखा समितिले पाउनुपर्नेमा पनि जोड दिएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register