काङ्ग्रेस नेतालाई दायाँबायाँ राखेर प्रचण्डले भने – सरकार लामो समय जाने देखिएन (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार लामो समय जाने सम्भावना नदेखेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूहरूको प्राथमिकतामा सरकार नभएको तर, यो लामो समय जाने सङ्केत नदेखिएको बताए । काङ्ग्रेस नेताहरू शशाङ्क कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर पत्रकारसामु उपस्थित भएका प्रचण्डले आफूहरूको चाहना […]

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार लामो समय जाने सम्भावना नदेखेको बताएका छन् ।
चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफूहरूको प्राथमिकतामा सरकार नभएको तर, यो लामो समय जाने सङ्केत नदेखिएको बताए ।
काङ्ग्रेस नेताहरू शशाङ्क कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर पत्रकारसामु उपस्थित भएका प्रचण्डले आफूहरूको चाहना सरकार ८४ सम्मै गए हुन्थ्यो भन्ने रहेको तर, अवस्था भने त्यस्तो नरहेको बताए ।
उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन, यो प्राकृतिक छैन, स्वाभाविक छैन र पारदर्शी पनि छैन । फेरि गरेका काम पनि उल्टाउल्टा हुँदै गएका छन् । अहिले अध्यादेशसम्म आइपुग्दा त लाजैमर्दो भएको छ ।’
सरकार लामो समय नजाने बताएका प्रचण्डले काङ्ग्रेससँग माओवादीको फेरि सहकार्य हुनसक्ने सङ्केत पनि गरे । उनले थपे, ‘सरकार लामो समय गएन भने काङ्ग्रेस हाम्रो पार्टनर त छदैँछ ।’
यद्यपि उनले आफूहरूलाई सरकारमा जान हतार नभएको बरु सङ्गठन सुदृढिकरणमा लागेको बताए ।
What's Your Reaction?






