मैले होइन, राधिकाले बिहे गरेर मलाई भित्र्याएकी हुन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नभई राधिका शाक्यले चाहिँ आफूलाई बिहे गरेर भित्र्याएको बताएका छन् । शाक्यको पुस्तक करुणाको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले राधिकालाई जिन्दगीमा एक कप चिया खुवाउँन सक्दिनँ, एक धरो कपडा दिन सक्दिनँ, एउटा रुमाल दिन सक्दिनँ, एकछाक खुवाउने कुरा त टाढाको कुरा रहेको बिहे […]

Feb 22, 2025 - 10:23
 0
मैले होइन, राधिकाले बिहे गरेर मलाई भित्र्याएकी हुन् :  प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नभई राधिका शाक्यले चाहिँ आफूलाई बिहे गरेर भित्र्याएको बताएका छन् ।

शाक्यको पुस्तक करुणाको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले राधिकालाई जिन्दगीमा एक कप चिया खुवाउँन सक्दिनँ, एक धरो कपडा दिन सक्दिनँ, एउटा रुमाल दिन सक्दिनँ, एकछाक खुवाउने कुरा त टाढाको कुरा रहेको बिहे पहिले नै बताएको बताउँछन् ।

उनले भने,‘त्यो सबै कुरा मैले नलुकाइ भन्या छु। म पाल्न सक्दिनँ म पाल्नसक्ने हुत्ति भएको मान्छे होइन। त्यो मैले प्रष्टै भनेको छु। मैले सबै कुरा खुलस्त भन्ने गरेको छु ।’

अहिले घरको शाक्यले बनाएको उनी बताउँछन् ।

उनले भने, “यो पुस्तकमा पनि लेखिएको छ मलाई केपी ओलीले भित्र्याएको होइन, मैले डेरा खोजेर बिहे गरेर केपी ओलीलाई भित्र्याएको हो । भएको कुरा त्यही हो । अहिले घरको कुरा त त्यो राधिका शाक्यले बनाएको हो मेरो बुताले होइन । त्यो ट्रस्टलाई दान गरेको गरेको छ । त्यो मेरो होइन, त्यसैले मजतिको श्रीमतीसँग खुशी मान्छे कोही छैनन् होला सायद ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register