काङ्ग्रेस–एमालेले चाहँदैमा मात्र संविधान संशोधन हुँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । संविधान संशोधनजस्तो महत्त्वपूर्ण विषयमा सबै दलबीच छलफल हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘संविधान भन्नेबित्तिकै नेपाली काङ्ग्रेस […]

Jan 22, 2025 - 05:57
 0
काङ्ग्रेस–एमालेले चाहँदैमा मात्र संविधान संशोधन हुँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

संविधान संशोधनजस्तो महत्त्वपूर्ण विषयमा सबै दलबीच छलफल हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘संविधान भन्नेबित्तिकै नेपाली काङ्ग्रेस र एमाले मात्रै हुँदैन । दुई ठूला दलले सुरु गर्ने कुरा होला तर माओवादी, मधेसवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ ।’

संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै दुई तिहाइ पुर्‍याएर संशोधन गर्दिन्छौं भन्नु गलत भएको कोइरालाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register