अपाङ्ग महासङ्घमा अध्यक्ष निष्कासन प्रकरण : आफूलाई वैधानिकता नदिएको कार्की पक्षको आरोप

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासङ्घ यतिबेला विवादित छ । महासङ्घका अध्यक्ष देवीदत्त आचार्यलाई भ्रष्टाचार गरेको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की पक्षले निष्कासन गरेपछि सुरु भएको विवाद अझै साम्य नभएको हो । गत पुसमा कीर्तिपरमा भएको २२औँ साधारणसभामा ११५ वटा बहुमत संस्थाका प्रतिनिधिका तर्फबाट अध्यक्ष आचार्यलाई कारबाहीको घोषणा गर्दै कार्कीलाई कार्यबाहक अध्यक्ष तोकिएको थियो । […]

Jan 22, 2025 - 08:22
 0
अपाङ्ग महासङ्घमा अध्यक्ष निष्कासन प्रकरण : आफूलाई वैधानिकता नदिएको कार्की पक्षको आरोप

काठमाडौं । राष्ट्रिय अपाङ्ग महासङ्घ यतिबेला विवादित छ । महासङ्घका अध्यक्ष देवीदत्त आचार्यलाई भ्रष्टाचार गरेको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष रामबहादुर कार्की पक्षले निष्कासन गरेपछि सुरु भएको विवाद अझै साम्य नभएको हो ।

गत पुसमा कीर्तिपरमा भएको २२औँ साधारणसभामा ११५ वटा बहुमत संस्थाका प्रतिनिधिका तर्फबाट अध्यक्ष आचार्यलाई कारबाहीको घोषणा गर्दै कार्कीलाई कार्यबाहक अध्यक्ष तोकिएको थियो । तर यसपछि पनि महासङ्को विवाद साम्य भएको छैन ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रक्रिया पुयाउँदा पनि आफूलाई आधिकारिकता नदिँदा विवाद ज्यूँका त्यूँ रहेको कार्यबाहक अध्यक्ष कार्कीले बताए ।

यसअघि कार्यबाहक अध्यक्ष कार्कीले आचार्यलाई हटाइएको र उनी अवैधानिक भइसकेको पत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पठाएका थिए । साथै, कार्कीले शान्ति सुरक्षाको माग गर्दै गृह प्रशासनलाई समेत पत्र लेखेका थिए ।

तर प्रशासनले आफूलाई अझैसम्म पनि आधिकारिकता नदिँदा समस्या रहिरहेको कार्कीको भनाइ छ ।

अपाङ्ग महासंघले पुस १२ र १३ गते कीर्तिपुरस्थित त्रिवि अडिटोरियम हलमा साधारणसभाको आयोजना गरेको थियो । तर, साधारणसभामा होहल्ला र माइक खोसाखोस भयो । झण्डै आपसमा कुटाकुटकै स्थिति पैदा भएको थियो ।

संस्थाका निलम्बित अध्यक्ष आचार्यले आर्थिक अनियमितता एवं भ्रष्टाचार गरेको भन्दै प्रतिनिधिहरूले आपत्ति जनाएपछि साधारणसभा केहीबेर रणमैदानमा परिणत भएको थियो ।

अध्यक्ष आचार्यले प्रश्नहरूको प्रष्ट जवाफ नदिई आर्थिक प्रतिवेदन जबर्जस्ती पारित गर्न खोजेको भन्दै असन्तुष्ट पक्षले आपत्ति जनाएको सदस्य मदनकुमार बोहोराले जानकारी दिए ।

अन्ततः साधारणसभामा ११५ वटा बहुमत संस्थाका प्रतिनिधिका तर्फबाट अध्यक्ष आचार्यलाई कारबाहीको घोषणा गर्दै उपाध्यक्ष कार्कीलाई कार्यबाहक अध्यक्ष तोकिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register