शेफ छिटो निको भएकोमा विवाद : शिव सेना नेता भन्छन् – उनी उफ्रिदैँ घर फर्किए

काठमाडौं । चक्कु प्रहारबाट गम्भीर घाइते भएका बलिउड अभिनेता शेफअली खान अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । आक्रमणको पाँच दिनपछि मुम्बईको लीलावती अस्पतालबाट उनी मङ्गलबार डिस्चार्ज भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथि आक्रमणलाई लिएर सुरक्षालगायत विभिन्न प्रश्न उठिरहेका छन् । यसबीच शिवसेना नेता सञ्जय निरुपमले खानमाथि भएको हमलालाई लिएर धेरै गम्भीर प्रश्न उठाएका छन् । निरुपमले […]

Jan 22, 2025 - 08:25
 0
शेफ छिटो निको भएकोमा विवाद : शिव सेना नेता भन्छन् – उनी उफ्रिदैँ घर फर्किए

काठमाडौं । चक्कु प्रहारबाट गम्भीर घाइते भएका बलिउड अभिनेता शेफअली खान अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

आक्रमणको पाँच दिनपछि मुम्बईको लीलावती अस्पतालबाट उनी मङ्गलबार डिस्चार्ज भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीमाथि आक्रमणलाई लिएर सुरक्षालगायत विभिन्न प्रश्न उठिरहेका छन् । यसबीच शिवसेना नेता सञ्जय निरुपमले खानमाथि भएको हमलालाई लिएर धेरै गम्भीर प्रश्न उठाएका छन् ।

निरुपमले घटनालाई शङ्कास्पद भनेका छन् र गम्भीर आक्रमणपछि खान छिटो निको भएकोमा आश्चर्यसमेत व्यक्त गरेका छन् ।

निरुपमले भने, ‘उहाँलाई साढे दुई इन्चको चक्कुले प्रहार गरिएको थियो र उनको शल्यक्रिया गर्नुपरेको थियो, तर चार दिनपछि शेफलाई अस्पतालबाट डिस्चार्ज गरियो । लगभग उफ्रदैँ आफ्नो घर फर्किए । केही नभएको छैन जस्तो गरेर । के यो यति छिटो रिकभर सम्भव छ ? हामी सबै शेफ चाँडै निको होस् भन्ने चाहन्छौं । जब हमला भयो, त्यसले पूरै मुम्बई शहरलाई प्रभावित गर्‍यो । सरकारको कार्यकुशलतामाथि प्रश्न उठेको छ ।’

शिव सेना नेताले अस्पतालको सीसीटीभी फुटेज उपलब्ध नभएकोमा पनि शङ्का व्यक्त गरे ।

शेफलाई भर्ना गर्दा उनी रगतले लतपतिएको अस्पतालको दाबी छ तर, उनी अस्पताल पुग्दाको सीसीटीभी फुटेज कहाँ छ ? यस्तो अवस्थामा एउटा सानो बच्चाले आफ्नो बुवालाई अस्पताल लैजान सक्छ ? शेफको घरमा आठ कर्मचारी काम गर्छन्, कसरी भयो उनीमाथि नै यति ठूलो हमला ?

सञ्जय निरुपमले पनि प्रहरी अनुसन्धानमा प्रश्न उठाउँदै सम्पूर्ण मामिलालाई शङ्कास्पद भनेका छन् ।

प्रहरी अनुसन्धानमा उठेका प्रश्न

सञ्जय निरुपमले भने, ‘प्रहरी अनुसन्धान पनि प्रश्नले घेरिएको छ । प्रहरीले घटनाको तीन दिनमा विभिन्न आरोपित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेका एक अभियुक्त बङ्गलादेशी भएको दाबी गरिएको छ । प्रहरी अनुसन्धानमा पनि शङ्का उत्पन्न भएको छ । यस विषयमा स्पष्ट रूपमा छानबिन गरिनुपर्छ ताकि वास्तवमा के भयो थाहा पाउन सकियोस् । खानमाथि भएको हमलापछि देशको आर्थिक राजधानी मुम्बईको सुरक्षामाथि पनि प्रश्न उठेको छ ।’

विपक्षी दलका नेताहरुले शान्ति सुरक्षाको विषयमा महायुती सरकारलाई घेरा हाल्ने प्रयास गरेका छन् ।

यद्यपि मुख्यमन्त्री देवेन्द्र फडणवीसले आरोपलाई ठाडै अस्वीकार गरेका थिए र एउटा घटनाका कारण पूरै महाराष्ट्र वा मुम्बईलाई असुरक्षित भन्नु ठीक नभएको बताएका थिए ।

उल्लेखनीय छ कि जनवरी १६ मा एक व्यक्तिले मुम्बईको बान्द्रामा उनको घरमा प्रवेश गरे र शेफलाई छुरा आक्रमण गरे । यस हमलामा शेफ नराम्ररी घाइते भएका थिए र उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ उनको शल्यक्रिया गरिएको थियो ।

शेफमाथि हमला गरेको आरोपमा मोहम्मद शरीफुल शहजाद नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आरोपित बङ्गलादेशी नागरिक भएको र अवैध रुपमा भारत प्रवेश गरेको दाबी गरेको छ ।

शेफअलीमाथि आक्रमण गर्ने को हुन्, कसरी गरेका थिए हमला ?

५ हजार करोडका मालिक शेफअली : पटौदीका ‘छोटे नवाब’देखि बलिउड अभिनेतासम्म

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register