राजस्व विभागको साइट ह्याक गरेर राजस्व रकममै हेरफेर, अडिट फर्मका दुईजना कर्मचारी पक्राउ 

काठमाडौँ । आन्तरिक राजस्व विभागको साइट ह्याक भएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा विभागको साइट ह्याक भएको पाइएको हो ।  साइट ह्याक हुनुका साथै साइटभित्र अनधिकृत प्रवेश गरेर राजस्व रकमा ठूलो हेरफेर गरेको समेत भेटिएको सीईआबीले जनाएको छ ।  सीआईबीका एक उच्च अधिकारीका अनुसार विभागको साइटमा पहुँच पुर्याएर […]

Jan 22, 2025 - 08:25
 0
राजस्व विभागको साइट ह्याक गरेर राजस्व रकममै हेरफेर, अडिट फर्मका दुईजना कर्मचारी पक्राउ 

काठमाडौँ । आन्तरिक राजस्व विभागको साइट ह्याक भएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा विभागको साइट ह्याक भएको पाइएको हो । 

साइट ह्याक हुनुका साथै साइटभित्र अनधिकृत प्रवेश गरेर राजस्व रकमा ठूलो हेरफेर गरेको समेत भेटिएको सीईआबीले जनाएको छ । 

सीआईबीका एक उच्च अधिकारीका अनुसार विभागको साइटमा पहुँच पुर्याएर ह्याकरले विभिन्न फर्महरुले तिर्नुपर्ने राजस्व घटबढ गरेका छन् । जसमध्ये कुनै फर्मले तिर्नुपर्ने ठूलो रकम घटाइएको छ भने कम राजस्व भएका केही फर्महरुको रकम अस्वभाविक रुपमा बढाइएको छ ।

यसरी राज्यलाई तिर्नुपर्ने राजस्वमै ठूलो फेरबदल देखिएको र सिस्टम ह्याक भएको आशङ्कामा सीआईबीले उक्त प्रकरणका गोप्य रुपमा अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सीआईबीले विभागको साइटमा अनधिकृत पहुँच पुर्याएर राजस्व रकममै हेरफेर गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्तोष पराजुली र पुरिन पाण्डे रहेका छन् । उनीहरु चितवनमा रहेको अडिट फर्मका कर्मचारी भएको सीईआबी स्रोतले बताएको छ ।

सीआईबीका अनुसार उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । घटनामा संलग्न अन्यको पनि खोजीकार्य भइरहेको सीआईबीले जनाएको छ । 

अर्कोतर्फ यति सहजै रुपमा विभागको साइट ह्याक हुनुमा विभागको समेत लापरवाही देखिएको सीआईबीले जनाएको छ । सीआईबीका उच्च अधिकारीका अनुसार सन् २०११ देखि विभागको साइटको पासवर्डसमेत परिवर्तन नगरेको देखिएको छ । घटनाबारे सीआईबले थप अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register