यूके नेपाल बिजनेश फोरममा बेलायतका नेपाली व्यवसायी पनि

लन्डन । आउंदो १८ फेब्रुअरीका दिन काठमाडौंस्थित म्यारियट होटलमा हुन लागेको ‘यूके नेपाल बिजनेश फोरम’ मा ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) पनि सहभागी हुने भएको छ । बीएनसीसी उपाध्यक्ष इन्द्र गिरीले काठमाडौंस्थित बेलायती राजदूतावासको निमन्त्रणामा आफ्ना सिइओ स्टिभ बक्लेसहित केही प्रतिनिधि कार्यक्रममा सहभागी हुने बताए । भर्खर नियुक्त नयाँ मानार्थ सीइओ बक्ले सन् १९७० […]

Jan 22, 2025 - 14:42
 0
यूके नेपाल बिजनेश फोरममा बेलायतका नेपाली व्यवसायी पनि


लन्डन । आउंदो १८ फेब्रुअरीका दिन काठमाडौंस्थित म्यारियट होटलमा हुन लागेको ‘यूके नेपाल बिजनेश फोरम’ मा ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी) पनि सहभागी हुने भएको छ ।

बीएनसीसी उपाध्यक्ष इन्द्र गिरीले काठमाडौंस्थित बेलायती राजदूतावासको निमन्त्रणामा आफ्ना सिइओ स्टिभ बक्लेसहित केही प्रतिनिधि कार्यक्रममा सहभागी हुने बताए ।

भर्खर नियुक्त नयाँ मानार्थ सीइओ बक्ले सन् १९७० को दशकको सुरुमा ब्रिटिश कूटनीतिक सेवामा प्रवेश गरेका थिए । उनीसंग एसिया प्रशान्त क्षेत्रको राम्रो ज्ञान छ । उनले यसअघि थाइल्यान्ड र मलेसियास्थित बेलायती उच्चायोगमा व्यापार तथा लगानी निर्देशकको रुपमा काम गरेका थिए ।

यूके नेपाल बिजनेस फोरमले बेलायत र नेपालबीचको आर्थिक साझेदारी सुदृढ गर्ने, द्विपक्षीय व्यापार र लगानीलाई बढावा दिने एवं बेलायतलाई नेपालको प्रमुख व्यापार तथा लगानी साझेदारका रुपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

बेलायत र नेपालका उद्यमीहरुको संस्था बीएनसीसीमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे संरक्षक छन् । नेपालमा द्विपक्षीय व्यापार, लगानी प्रवर्धन र नेपाल–बेलायतका उद्यमीहरूको पारस्परिक हितमा काम गर्नु बीएनसीसीको मुख्य उद्देश्य हो ।

बीएनसीसीले संगठनहरूलाई आफ्ना लक्ष्य पूरा गर्न, व्यापार अवसरहरूबारे सचेत हुन र बेलायत नेपालका व्यापारिक समुदायसँग उनीहरूको चासो प्रवर्धनका लागि मद्दत गर्ने गरेको अध्यक्ष डा. कपिल रिजालले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register