लन्डनमा एउटै स्टेजमा कमेडी र कन्सर्ट तयारी, ब्याण्ड चिन्नेलाई पुरस्कार !

लन्डन । माया इभेन्ट्सले आउंदो २७ अप्रिल सांझ लन्डनमा एउटै स्टेजमा कमेडी र कन्सर्ट गर्ने भएको छ । ह्यारो लिजर सेन्टरमा आयोजना हुने ‘लाफ्टर फर लाइफ लाइभ इन लन्डन’ मा आउंदैछन् महानायक राजेश हमाल र मिष्टर ह्याप्पी उपनामले परिचित लोकप्रिय हांस्यकलाकार सन्दीप क्षेत्री । हमाल र क्षेत्रीको विश्व टुर अन्तर्गत पहिलो यात्रा लन्डनबाटै शुरु हुनेछ […]

Feb 24, 2025 - 22:33
 0
लन्डनमा एउटै स्टेजमा कमेडी र कन्सर्ट तयारी, ब्याण्ड चिन्नेलाई पुरस्कार !

लन्डन । माया इभेन्ट्सले आउंदो २७ अप्रिल सांझ लन्डनमा एउटै स्टेजमा कमेडी र कन्सर्ट गर्ने भएको छ ।

ह्यारो लिजर सेन्टरमा आयोजना हुने ‘लाफ्टर फर लाइफ लाइभ इन लन्डन’ मा आउंदैछन् महानायक राजेश हमाल र मिष्टर ह्याप्पी उपनामले परिचित लोकप्रिय हांस्यकलाकार सन्दीप क्षेत्री ।

हमाल र क्षेत्रीको विश्व टुर अन्तर्गत पहिलो यात्रा लन्डनबाटै शुरु हुनेछ । यही शोमा पहिलोपटक महानायक राजेश हमाल कमेडियनका रुपमा स्टेजमा प्रस्तुत हुने माया इभेन्ट्सका निर्देशक राज पाण्डेले जनाए । राजेश सन्दीपले स्ट्याण्डअप कमेडीबाट दर्शक हसाउंनेछन् ।

उता, यही कार्यक्रममा नेपालका एक चर्चित गायक पहिलोपटक आफ्नो व्याण्डसहित प्रस्तुत हुने पाण्डेले बताए । ‘हामीले दर्शकहरुलाई एकै स्टेजमा हांसोका साथ संगीतको मज्जा पस्कन लागेका हौं’, उनले भने ।

‘लाफ्टर फर लाइफ’ मा सहभागी हुने व्याण्डको नाम बताउने एक भाग्यशाली दर्शकलाई इभेन्टसको टिकट निशुल्क दिइने माया इभेन्ट्सले जनाएको छ । २६ फेब्रुअरी बुधबार बिहान १० बजेसम्म उक्त व्याण्डको नाम दिनुपर्नेछ ।

माया इभेन्ट्सले गत वर्ष लन्डनमा इन्फा फिल्म अवार्डस् कार्यक्रम सफलतापूर्वक गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register