भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित ११ जनाको मृत्यु

झापा, १० माघ । भारतको महाराष्ट्रस्थित जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा तीन नेपालीसहित ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ, जसमा तीन नेपाली नागरिकहरू छन्। मृतक नेपालीहरूमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया [...] The post भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित ११ जनाको मृत्यु appeared first on Jhapa Online.

Jan 23, 2025 - 02:56
 0
भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित ११ जनाको मृत्यु

झापा, १० माघ । भारतको महाराष्ट्रस्थित जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा तीन नेपालीसहित ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन्।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ, जसमा तीन नेपाली नागरिकहरू छन्। मृतक नेपालीहरूमा ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला भण्डारी रहेका छन्।

अरू मृतकमा चार जना भारतीय नागरिक रहेका छन्, तर उनीहरूको पहिचान हुन सकेको छैन। घाइतेहरूको उपचार स्थानीय पाचोरा ग्रामीण अस्पतालमा भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

समाचारअनुसार, दुर्घटना हुँदा यात्रुहरूलाई आगो लाग्ने डरले रेलको ट्र्याकको अर्को पाटोमा हाम फालेको थियो, र त्यस क्रममा अर्को रेलसँग ठोक्किँदा केही व्यक्तिको ज्यान गएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

The post भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा तीन नेपालीसहित ११ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register