सरकारी वकिलको तर्क : थुनछेकको क्रममा बयान दिन आएको अभियुक्तलाई छाड्न मिल्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस जारी छ । अहिले सरकारी वकिलले बहस गरिरहेका छन् । बहसका क्रममा सरकारी वकिलले लामिछानेलाई बुधबार परिवार र कानून व्यवसायीको जिम्मा लगाउने न्यायाधीशको आदेशमाथि प्रश्न उठाएका छन् । जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले अभियुक्तलाई बहस नै नगरी किन परिवारको […]

Jan 23, 2025 - 09:28
 0
सरकारी वकिलको तर्क : थुनछेकको क्रममा बयान दिन आएको अभियुक्तलाई छाड्न मिल्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस जारी छ ।

अहिले सरकारी वकिलले बहस गरिरहेका छन् ।

बहसका क्रममा सरकारी वकिलले लामिछानेलाई बुधबार परिवार र कानून व्यवसायीको जिम्मा लगाउने न्यायाधीशको आदेशमाथि प्रश्न उठाएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले अभियुक्तलाई बहस नै नगरी किन परिवारको जिम्मा लगाइयो भन्दै प्रश्न गरे ।

उनले इजलासमा भने, ‘प्रहरी हिरासतमा राख्नु पर्ने अभियुक्तलाई थुनछेक बहसअघि नै परिवारको जिम्मा लगाएपछि थुनछेक बहसको औचित्य के ? अब त थुनछेक बहसको अर्थ नै भएन ।’

अर्का एक सरकारी वकिलले यो मुद्दा न्यायाधीश प्रल्हादकुमार योगीले हेर्न नमिल्ने तर्कसमेत गरे ।

‘थुनछेकको क्रममा बयान दिन आएको मान्छेलाई त्यसरी छाड्न मिल्दैन, न्यायाधीशको एक किसिमको मानसिकता देखिइसकेको छ । न्यायाधीशले के आदेश गर्छन् भन्ने यसले प्रतिबिम्बित गर्छ । त्यसकारण श्रीमान्‌ले यो मुद्दा नहेर्दा राम्रो हुन्छ ।’ ती सरकारी वकिलले भने ।

बुधबार बहस सकिएपछि लामिछानेलाई पत्नी निकिता पौडेल र कानून व्यवसायीको जिम्मा लगाइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register