हज जाँदा साउदी अरेबियामा पक्राउ परेका इरानी धर्मगुरु रिहा

तेहरान । साउदी अरेबियाले मुस्लिम धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलको वार्षिक हज यात्राअघि पक्राउ परेका एक प्रसिद्ध इरानी धर्म गुरु घोलाम्रेजा घासेमियनलाई बिहीबार रिहा गरेको छ । साउदी सरकारको आलोचना गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि गत सोमबार उनी पक्राउ परेका थिए । इरानको इस्ना न्युज एजेन्सीले अधिकारीहरूलाई उद्धृत गरी भनेको छ, ‘धर्मगुरु घोलाम्रेजा घासेमियनलाई रिहा गरिएको […]

May 29, 2025 - 15:41
 0
हज जाँदा साउदी अरेबियामा पक्राउ परेका इरानी धर्मगुरु रिहा

तेहरान । साउदी अरेबियाले मुस्लिम धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलको वार्षिक हज यात्राअघि पक्राउ परेका एक प्रसिद्ध इरानी धर्म गुरु घोलाम्रेजा घासेमियनलाई बिहीबार रिहा गरेको छ ।

साउदी सरकारको आलोचना गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि गत सोमबार उनी पक्राउ परेका थिए ।

इरानको इस्ना न्युज एजेन्सीले अधिकारीहरूलाई उद्धृत गरी भनेको छ, ‘धर्मगुरु घोलाम्रेजा घासेमियनलाई रिहा गरिएको छ । इरानी अधिकारीहरूसँगको भेटपछि उहाँ इरानतर्फ जानुभएको छ ।’

भिडिओमा सेतो तीर्थाटन पोशाकमा सजिएका घासेमियनले साउदी नेताहरूले किब्लालाई ‘जुवा खेल्ने घर, दुव्र्यवहार र अश्लील कन्सर्टका लागि ठाउँ’ बनाएको आरोप लगाइएको छ ।

किब्लाको बेथितिलाई साउदी अरबका नेता राजकुमार मोहम्मद बिन सलमानले हालैका वर्षहरूमा लागू गरेको सामाजिक सुधार भएको भनी घासेमियनले व्यङ्ग्यात्मक अभिव्यक्ति दिएका थिए ।

रियादले घासेमियनको गिरफ्तारीको पुष्टि गरेको छैन तर तेहरानले सन् २०२३ मा बेइजिङको मध्यस्थतामा भएको सम्झौतापछि मध्यपूर्वका प्रतिद्वन्द्वीहरूबीचको सम्बन्धमा आएको चिसोपनको असरबारे चिन्ता व्यक्त गरेको थियो ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले मङ्गलबार अबेर एक सन्देश पोस्ट गर्दै भनेका छन्, ‘विशेषगरी हजको आध्यात्मिक वातावरणमा आँच पुर्याउने कुनै पनि प्रयासविरुद्धको मुस्लिम एकतामा इरान प्रतिबद्ध छ ।’

‘इरान र साउदी अरेबियाको प्रगतिशील मार्गलगायत हाम्रा छिमेकी दाजुभाइसँगको सम्बन्धमा कसैबाट पनि खलल पुर्याउन नदिन हामी कटिबद्ध छौं, उनले भने ।

इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँ गीरले धर्मगुरुको गिरफ्तारीलाई ‘अनुचित र गैरकानुनी’ भनेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register