सुपर फोर : आर्मीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । महिला प्रधानमन्त्री कपको सुपर फोरको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४ रनले पराजित गरेको हो । आर्मीले दिएको १११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा ९६ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि मनिषा […]

Jan 23, 2025 - 11:16
 0
सुपर फोर : आर्मीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । महिला प्रधानमन्त्री कपको सुपर फोरको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४ रनले पराजित गरेको हो ।

आर्मीले दिएको १११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा ९६ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि मनिषा बोहरा १८ र कविता कुँवरले १६ रन बनाइन् ।

कप्तान विन्दु रावलले ११ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

त्रिभुवन आर्मी क्लबका लागि सुस्मिता भुसालले ३ विकेट लिइन्।

यसअघि आर्मीले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा ११० रन बनाएको थियो ।

आर्मीका लागि सम्झाना खड्काले अर्धशतकीय पारी खेलिन् । उनले ५७ बलमा ८ चौका प्रहार गर्दै ७४ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि जानकी थापाले २ तथा रेवती धामीले १–१ विकेट लिइन् ।

समूह ‘ए’बाट एपीएफ र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’बाट आर्मी र बागमती प्रदेशले सुपर फोरमा स्थान पक्का गरेका हुन् ।

सुपर फोरको शीर्ष-२ मा रहने टोलीले फाइनलमा स्थान पक्का गर्नेछ ।

अब, शुक्रबार सुपर फोरको तेस्रो खेलमा एपीएफ र त्रिभुवन आर्मी क्लब तथा चौथोमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register