प्रधानाध्यापककाे क्षमता बढाउँदै शिक्षा विकास तथा समन्वय इकाई 

धादिङ । सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूकाे जिल्ला स्तरीय बैठक तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।  जिल्ला विकास तथा समन्वय इकाई धादिङकाे आयोजनामा क्षमता अभिवृद्धि कार्यक्रम जिल्ला समन्वय समिति धादिङको  सभाहलमा सम्पन्न भएको हाे।  कार्यक्रममा जिल्ला भित्रका ९५ माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा ८ पालिका शिक्षा शाखा प्रमुखहरूकाे सहभागिता रहेका थियोे । नेतृत्व, विद्यालय […]

Jan 23, 2025 - 11:15
 0
प्रधानाध्यापककाे क्षमता बढाउँदै शिक्षा विकास तथा समन्वय इकाई 

धादिङ ।

सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूकाे जिल्ला स्तरीय बैठक तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। 

जिल्ला विकास तथा समन्वय इकाई धादिङकाे आयोजनामा क्षमता अभिवृद्धि कार्यक्रम जिल्ला समन्वय समिति धादिङको  सभाहलमा सम्पन्न भएको हाे। 

कार्यक्रममा जिल्ला भित्रका ९५ माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा ८ पालिका शिक्षा शाखा प्रमुखहरूकाे सहभागिता रहेका थियोे ।

नेतृत्व, विद्यालय व्यवस्थापन, परीक्षामा सुधार लगायतका विषयमा गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, शिक्षक, र अभिभावकलाई सकारात्मक प्रेरणा दिन कार्यक्रम आयाेजना गरिएकाे शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख भुमिलाल सवेदीले जानकारी दिए । 

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्रा.डा. वासुदेव सुवेदी, नारायणी माविका पूर्व प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले सहजीकरण गरेका थिए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register