सरकारविरोधी प्रदर्शनमा रास्वपाको ऐक्यबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार विरोधी प्रदर्शनमा सहभागिताको नीति लिएको छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति निकाल्दै सरकार विरोधी प्रदर्शनमा पार्टीको ऐक्यबद्धता हुने बताएका छन् । रास्वपाको विज्ञप्तिमा भनिएको छ,’भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ।’ रास्वपाले  नेपाल […]

Mar 25, 2025 - 12:41
 0
सरकारविरोधी प्रदर्शनमा रास्वपाको ऐक्यबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार विरोधी प्रदर्शनमा सहभागिताको नीति लिएको छ ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति निकाल्दै सरकार विरोधी प्रदर्शनमा पार्टीको ऐक्यबद्धता हुने बताएका छन् । रास्वपाको विज्ञप्तिमा भनिएको छ,’भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ।’

रास्वपाले  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयको पनि विरोध गरेको छ।

सरकारले बिचौलियाहरूको संरक्षण गर्दै घिसिङमाथि कारबाही गरेको आरोप रास्वपाले लगाएको छ ।‘विद्युत् प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरूको संरक्षणको शृङ्खला अन्तर्गत नै घिसिङमाथि कारबाही गरिएको रास्वपाको निष्कर्ष छ। संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमहरूबाट देशमा केही गरौँ भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले वर्तमान सरकारको औचित्यसमेत समाप्त भएको उल्लेख गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register