महाराष्ट्र रेल दुर्घटना : मृत्यु हुने नेपालीको सङ्ख्या सात पुग्यो

काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा परी थप तीनजना नेपालीको पनि मृत्यु भएको पाइएको हो । यसअघिसम्म मृत्यु हुने नेपालीको सङ्ख्या चार मात्र थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार महाराष्ट्रस्थित जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा बिहीबार साँझ भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने […]

Jan 24, 2025 - 06:10
 0
महाराष्ट्र रेल दुर्घटना : मृत्यु हुने नेपालीको सङ्ख्या सात पुग्यो

काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ । दुर्घटनामा परी थप तीनजना नेपालीको पनि मृत्यु भएको पाइएको हो ।

यसअघिसम्म मृत्यु हुने नेपालीको सङ्ख्या चार मात्र थियो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार महाराष्ट्रस्थित जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा बिहीबार साँझ भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने दजनौं घाइते भएका छन् । ज्यान गुमाउनेमा सात नेपाली पनि परेका हुन् । यस्तै दुर्घटनामा परी चारजना नेपाली घाइते भएका छन् ।

मृतकमध्ये चारजना अछामका र एक कैलालीका छन् भने दुईको ठेगाना भने खुलिसकेको छैन ।

मृत्यु हुनेमा अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी र कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छन् ।

त्यस्तै, डुडुवा, बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् ।

दुर्घटनामा घाइते भएका मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ ।

लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसको रेल महाराष्ट्रको जलगाउँस्थित रेलवे ट्र्याकमा उभिएको थियो । एक यात्रुले आगो लागेको हुनसक्ने डरले चेन तानेका थिए । यसपछि रेल रोकियो । यसले गर्दा ट्र्याकको अर्को छेउमा यात्रुहरू हाम फालेका थिए ।

त्यही क्रममा कर्नाटक एक्सप्रेस नाम अर्को रेल पुष्पकमा ठोक्कियो । यसले गर्दा दुर्घटना भएर मानवीय क्षति भएको हो । कर्नाटक एक्सप्रेस भने मनमाडबाट भुसावल जाँदै गरेको थियाे ।

एक ‘चियावाला’को रेलमा आगो लागको अफवाह फैलाएको बताइएको छ ।

महाराष्ट्र रेल दुर्घटना : चियावालाको अफवाहका कारण भाग्न लाग्दा अर्को रेलबाट दर्जनौं यात्रु किचिए

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register