एपीएफले आर्मीलाई दियो ११६ रनको लक्ष्य
काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटको सुपर फोरमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ११६ रनको लक्ष्य दिएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा एपीएफले निर्धारित १७ ओभरमा ३ विकेटको क्षतिमा ११५ रन बनाएको हो । एपीएफका लागि ओपनर राजमती ऐरीले ३५ र ममता चौधरीले ११ रन बनाइन् । कप्तान इन्दु बर्माले १८ रन बनाउँदा […]

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटको सुपर फोरमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ११६ रनको लक्ष्य दिएको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी खेलमा एपीएफले निर्धारित १७ ओभरमा ३ विकेटको क्षतिमा ११५ रन बनाएको हो ।
एपीएफका लागि ओपनर राजमती ऐरीले ३५ र ममता चौधरीले ११ रन बनाइन् । कप्तान इन्दु बर्माले १८ रन बनाउँदा कविता जोशीले ३४ रन जोडिन् ।
रोमा थापाले ७ रन बनाइन् ।
आर्मीका लागि सुस्मिता भुसालले २ तथा ईश्वरी विष्टले १ विकेट लिइन् ।
खराब मौसमका कारण खेललाई १७ ओभरमा घटाइएको हो ।
What's Your Reaction?






