अष्ट्रेलिया पुगेकी शिक्षिकाको नाममा ३ लाख तलब निकासा, अख्तियारमा आर्थिक अपचलनको उजुरी 

काठमाडौँ । सिरहामा ७ महिनादेखि विद्यालयमा उपस्थित नभएकी शिक्षिकाको नाममा तीन लाख निकासा गरेर अपचलन गरेको पाइएको छ । गोलबजारस्थित जनता माध्यामिक विद्यालयमा बेतलबी असाधारण बिदामा बसेकी विमला झाको नाममा ३ लाख निकासी गरेर विद्यालयका प्रधानाध्यापक भरत साह र नगर शिक्षा शाखाका अधिकृत सुबोध लामाले अपचलन गरेको पाइएको हो ।  प्राप्त जानकारी अनुसार शिक्षिका झा […]

Jan 24, 2025 - 08:40
 0
अष्ट्रेलिया पुगेकी शिक्षिकाको नाममा ३ लाख तलब निकासा, अख्तियारमा आर्थिक अपचलनको उजुरी 

काठमाडौँ । सिरहामा ७ महिनादेखि विद्यालयमा उपस्थित नभएकी शिक्षिकाको नाममा तीन लाख निकासा गरेर अपचलन गरेको पाइएको छ । गोलबजारस्थित जनता माध्यामिक विद्यालयमा बेतलबी असाधारण बिदामा बसेकी विमला झाको नाममा ३ लाख निकासी गरेर विद्यालयका प्रधानाध्यापक भरत साह र नगर शिक्षा शाखाका अधिकृत सुबोध लामाले अपचलन गरेको पाइएको हो । 

प्राप्त जानकारी अनुसार शिक्षिका झा २०८१ जेठ १० गतेदेखि विद्यालयमा उपस्थित भएकी छैनिन् । उनले विद्यालयमा बेतलबी असाधारण बिदाका लागि निवेदन दिएकी थिइन् । 

उनको बिदा स्वीकृतिका लागि विद्यालयबाट वडा कार्यालयको सिफारिससहित नगरपालिकाको शिक्षा शाखामा पठाइएको थियो । शिक्षा अधिकृत लामाले सिफारिससहित उनको फाइल जिल्ला शिक्षा समन्वय इकाई सिरहामा पठाएको थिए । तर, उनको बिदा स्वीकृत भएको थिएन । 

बिदा स्वीकृत नभए पनि झा छोरीसँग अस्ट्रेलिया गइन् । तर, उनी अझै फर्किएकी छैनिन् । यता विद्यालयका प्रधानाध्यापक भरत साहले भने उनको अनुपस्थितिमा पनि हाजिरी रजिस्टरमा हाजिर गरिदिएको भेटिएको छ । यतिसम्म की साहले झाको हाजिरी प्रमाणित गरेर नगर शिक्षा समितिमा पठाएका थिए । समितिले पनि २०८१ असोजसम्मको तलबबापत २ लाख ९६ हजार ३ सय ४५ रुपैयाँ ६३ पैसा निकासा गरिदिएको पाइएको छ ।

तर, शिक्षिका झा विद्यालयमा नभएको अवस्थामा पनि किर्ते हाजिरी गरेर तलब निकासा गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा निवेदन दिएपछि उक्त घटना सतहमा आएको हो । आयोगको कार्यालय बर्दिवासले प्रधानाध्यापक साहलाई बोलाएर स्पष्टीकरणसमेत लिएको छ । अख्तियारले फाइल मागेपछि आत्तिएका प्रधानाध्यापकले हाजिरी रजिस्टरमा टिपेक्स लगाएर हाजिरी मेटिदिएको छन् । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register