अर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीबाट

धनगढी ।  क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने भएको हो । गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार एक्सन स्पोर्टस एचडी वानले लिएको हो […]

Jan 24, 2025 - 12:18
 0
अर्जुन ट्रफिको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडीबाट

धनगढी । 

क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस एचडी वानमा हुने भएको हो ।

गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको प्रत्यक्ष प्रसारणको अधिकार एक्सन स्पोर्टस एचडी वानले लिएको हो । 

प्रतियोगिताका सबै खेलहरु एक्सन स्पोर्टस एचडी वान टेलिभिजनमा हेर्न पाईने छ । नेपालको पहिलो खेल च्यानलका रुपमा रहेको एक्सन स्पोर्टस एचडी वान टेलिभिजन मार्फत देश र विदेशमा रहेका दर्शकहरुले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितालाई हेर्न पाउने आयोजकले जनाएको छ । 

यसअघि नै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । प्रतियोगितामा सहभागी आठ टीमलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ए मा डिसिए धनगढी, फेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली र बोष्टन क्रिकेट झापा रहेका छन् । समुह बी मा सिवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडाैं र न्यु होराईजन बुटबल रहेका छन् । माघ १९ गते हुने उद्घाटन खेलमा डिसिए धनगढी र फेन्ड्स युवा क्लब डडेल्धुरा प्रतिस्पर्धा गर्ने भएका छन् । 

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फम्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०-५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । 

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ । सबै टोलीहरुले ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् ।

ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register