त्रियुगा नदीमा बस भासियो, निकाल्न सकस

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ५ स्थित बेल्हा र सुन्दरपुर गाउँ जोडन बनाइएको अस्थायी होमपाइपको बाटो बाढीले बगाएपछि सोही बाटोबाट गुडेको बस सोमबार राती ११ बजे बालुवामा भासिएको छ । चौदण्डीगढी नपाको बेल्टार बजारबाट सप्तरीको फत्तेपुर हुँदै सुनसरीको धरानसम्म चल्ने को १ ख ४७५३ नम्बरको उक्त बस राती विवाहमा रिजर्व गएर सप्तरीको फत्तेपुरतिरबाट […]

May 6, 2025 - 13:07
 0
त्रियुगा नदीमा बस भासियो, निकाल्न सकस

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ५ स्थित बेल्हा र सुन्दरपुर गाउँ जोडन बनाइएको अस्थायी होमपाइपको बाटो बाढीले बगाएपछि सोही बाटोबाट गुडेको बस सोमबार राती ११ बजे बालुवामा भासिएको छ ।

चौदण्डीगढी नपाको बेल्टार बजारबाट सप्तरीको फत्तेपुर हुँदै सुनसरीको धरानसम्म चल्ने को १ ख ४७५३ नम्बरको उक्त बस राती विवाहमा रिजर्व गएर सप्तरीको फत्तेपुरतिरबाट बेल्टार बजार जाँदै गरेको अवस्थामा बेल्टार पुग्न करिब ३ किलोमिटर बाँकी रहँदा त्रियुगा नदीमा भासिएको हो । 

चौदण्डीगढी नपा ५ वडाध्यक्ष तुलसी ढकालले बस राती त्रियुगा नदीको बालुवा रहेको भासमा फसेकोले जेसिवी, क्रेन ल्याएर निकाल्ने काम भैरहेको जानकारी दिँदै बस पहिले भत्केको पुल भन्दा १०० मिटर पश्चिम होम पाइप राखेर मोटरसाइकल तथा साना गाडीहरु संचालन गर्नकालागि बनाइएको अस्थायी बाटोबाट ल्याइएको तर सोमबार साँझ परेको पानीले नदीमा बाढी आएको थियो । पानी निकै राम्रोसँग आएकोले नदी तथा खहरेहरुमा पनि बाढीबढेपछि त्रियुगा नदीमा पानीको बहाव बढेर अस्थायी रुपमा होमपाइप राखेर बनाइएको बाटो बगाएको र त्यहाँ बालुवा थुप्रिएकोले सोही ठाउँमा बस फसेको वडाध्यक्ष ढकालले बताए ।

सो बसमा चालक, सहचालक रहेको र नदीमा भासिएपछि रातीनै जेसिवी लगेर निकाल्ने प्रयास गरिएको भए पनि निकाल्न नसकिएको जानकारी दिँदै ढकालले क्रेनको माध्यमबाट बस निकाल्ने प्रयास भैरहेका भएपनि फल नभएकोले ठूलो खालको क्रेन नल्याएसम्म बस भासबाट बाहिर निस्कन नसक्ने बताए ।

भासिएको बसका चालक चौदण्डीगढी ५ का ईश्वर खत्रीले भने गाडी विवाहमा रिजर्व गएर फर्कँदै गरेको अवस्थामा बालुवामा भासिएको बताए । 

जिल्ला प्रहरी कार्यालय उदयपुरले बस अस्थायी बाटोभन्दा करिब १० फिट पूर्वतिर फसेको छ । बसमा बसका स्टाफ चालक र सहचालक दुवै जना रहेको र बस फसेपनि दुवै जना सुरक्षित रहेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register