आज जेठ १९, दरबार हत्याकाण्डको २२ वर्ष पूरा

Jun 2, 2023 - 01:58
 0
आज जेठ १९, दरबार हत्याकाण्डको २२ वर्ष पूरा
आज जेठ १९, दरबार हत्याकाण्डको २२ वर्ष पूरा

काठमाडाैं । आज जेठ १९ अर्थात तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको दिन । जेठ १९ को त्यो कहालीलाग्दो रात नारायणहिटी दरबार हत्याकाण्डका रुपमा चर्चित छ । ०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुनेगरी राजपरिवारका सदस्य र आफन्तको एकै ठाउँमा हत्या भएको थियो ।

साे हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहित १० जनाको ज्यान गएको थियो ।

वीरेन्द्रको वंशनाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उहाँका माइला भाइ ज्ञानेन्द्र शाह राजा बन्नुभयाे । नेपालको इतिहासमा उहाँ नै अन्तिम राजा बन्नुभयाे ।हत्याकाण्डको ७ वर्षपछि ०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भयो ।

उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यमै छ । हत्याकाण्डको २२ वर्षसम्म पनि सत्यतथ्य सार्वजनिक हुन सकेको छैन । हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई सरकारले संग्राहलय बनाएर सर्वसाधारणका लागि खुला गरेको छ ।

नेपालमा पछिल्लाे समय राजावादीहरुकाे सक्रियता बढेकाे छ । गणतन्त्र विरुद्ध उनीहरु सलबलाएकाे देखिन्छ । ज्ञानेन्द्र शाहकाे दाैडाहा पनि बढेकाे छ । आफ्नै परिवार समेत जाेगाउन नसक्नेहरुले फेरि राजतन्त्र फर्काउँछाैं भन्ने सपना देख्नु गलत रहेकाे दलहरुकाे ठहर छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1