कुकुरहरू राति किन रुन्छन् ?

एजेन्सी । कुकुरहरूको नाम लिँदा हामीलाई तुरुन्तै याद आउने कुरा भनेको तिनीहरूको विश्वास र शुद्ध मित्रता हो । सामान्यतया कुकुरहरूले राति अचम्म तरिकाले रुने गर्दछन् । त्यसको कारण के हो ? तिनीहरूको रोएको आवाज सुनेर हामीलाई अलि डर पनि पनि लाग्न सक्छ । राति किन रुन्छन् कुकुरहरू ? के साँच्चै यो अशुभ सङ्केत हो ? […]

Jan 24, 2025 - 12:10
 0
कुकुरहरू राति किन रुन्छन् ?

एजेन्सी । कुकुरहरूको नाम लिँदा हामीलाई तुरुन्तै याद आउने कुरा भनेको तिनीहरूको विश्वास र शुद्ध मित्रता हो ।

सामान्यतया कुकुरहरूले राति अचम्म तरिकाले रुने गर्दछन् । त्यसको कारण के हो ? तिनीहरूको रोएको आवाज सुनेर हामीलाई अलि डर पनि पनि लाग्न सक्छ । राति किन रुन्छन् कुकुरहरू ? के साँच्चै यो अशुभ सङ्केत हो ? कि तिनीहरूले भूतहरू देख्छन् ?

तपाईंले प्रायः सुन्नु भएको होला कि रातको समयमा कुकुरहरू एकैसाथ जम्मा भएर रुन थाल्छन् । तिनीहरूको यो आवाजले शरीरमा डर उत्पन्न गराउँछ । यसलाई अशुभ पनि मानिन्छ र भनिन्छ कि तिनीहरूले आत्माहरूलाई देख्न सक्छन्, जो हाम्रो चारैतिर छन् तर हामीले देख्न सक्दैनौँ ।

के साँच्चै कुकुरहरूले भूतहरूलाई देख्न सक्छन् र तिनीहरूबाट डराएर रोएका हुन् त ? के कुकुर रुनुको सङ्केत कसैको मृत्यु हो ?

केही व्यक्तिहरू विश्वास गर्छन् कि कुकुर रोयो भने केही नराम्रो हुन्छ । तर, यो पुस्तौँ देखि फैलिएको एक अन्धविश्वास अर्थात् एक भ्रम मात्र हो । कुकुर राति रुनुमा मृत्युसँग कुनै सम्बन्ध छैन । विज्ञानले यो भ्रमलाई स्वीकार गर्दैन ।

विज्ञान के भन्छ ?

भनिन्छ कि जैविक विकासको क्रममा कुकुरहरू ब्वाँसोबाट विकास भएका हुन् । जङ्गलमा ब्वाँसोहरू लामो दूरीसम्म आफ्नो झुन्डसँग संवाद गर्नका लागि जोर–जोरले चिच्याउँछन् । कुकुरहरू अन्य कुकुरसँग संवाद गर्न वा टाढा रहेका आवाजमा प्रतिक्रिया जनाउन पनि भुक्न सक्छन् ।

कुकुरहरूको सुन्ने क्षमता असाधारण हुन्छ । तिनीहरूले अन्तरिक्षबाट इनफ्रासोनिक ध्वनिहरू पनि सुन्न सक्छ। यी यस्तो ध्वनिहरू हुन्, जुन मानिसहरूले सुन्न सक्दैनन् र जसको आवृत्ति २० हट्र्जभन्दा कम हुन्छ । जब कुकुरहरूले यी कम आवृत्ति भएका ध्वनिहरू सुन्छन्, उनीहरूले पनि जोर–जोरले चिच्याएर रुन थाल्छन् ।

कुकुरहरूको रुनुका वैज्ञानिक कारणहरू छन् । विशेषगरी जब राति उनीहरूलाई एक्लै छोडिन्छ, त्यो समयमा केही कुकुरहरू चिन्तित र एक्लो भएको कारण पनि रुन सक्छन् । त्यसपछि उनीहरूले ध्यान आकर्षित गर्नका लागि वा आफ्नो समस्या व्यक्त गर्नका लागि जोर–जोरले चिच्याउँछन् र रुन्छन् ।

यदि कुकुर अस्वस्थ छ वा दुखाइमा छ भने पनि रुन सक्छ । विशेषगरी यदि ठूला कुकुरहरूले रुने र भुक्ने गर्छ भने उनीहरूलाई तुरुन्तै पशु चिकित्सकलाई देखाउनु पर्छ ।

केही समय आफ्ना झुन्डबाट छुट्टिनु वा अलग हुनुका कारणले पनि कुकुरहरू रुन सक्छन् । तिनीहरूले राति आफ्नो झुन्डलाई सम्झन्छन् र त्यसको सम्झनामा तिनीहरू जोर–जोरले रुन्छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register