पाथीभरा देवी मुकुम्लुङ दर्शन केवलकार निर्माण कार्य सुरु

ताप्लेजुङ । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केवलकार परियोजना निर्माण कार्य आजदेखि सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केवलकार निर्माणको कार्य आजदेखि सुरु भएको जानकारी दिएका छन् । केवलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केवलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा […]

Jan 21, 2025 - 09:00
 0
पाथीभरा देवी मुकुम्लुङ दर्शन केवलकार निर्माण कार्य सुरु

ताप्लेजुङ । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केवलकार परियोजना निर्माण कार्य आजदेखि सुरु भएको छ ।

हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केवलकार निर्माणको कार्य आजदेखि सुरु भएको जानकारी दिएका छन् ।

केवलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केवलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशे ढुङ्गा बन्ने बताउँदै केवलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने बताए ।

पौडेलले अबको १५ महिनाभित्र केवलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सकिने बताए ।

पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केवलकार अनुपम उदाहरण बन्ने पनि सञ्चालक पौडेलले उल्लेख गरेका छन् ।

यो परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरूको सङ्ख्या १० लाख सम्म पुग्ने विश्वास कम्पनीले लिएको छ ।

केवलकार सञ्चालनले पाथीभरा देवीको दर्शनको मौका सबैले सहजै प्राप्त गर्दा भक्तजनको सङ्ख्या ह्वात्तै बढ्ने छ । यसका साथै केवलकार परियोजनाले ताप्लेजुङलाई सुरक्षित, दीगो तथा विश्वस्तरीय पर्यटन उत्पादन र सेवा सुविधाहरू सहितको विश्व प्रसिद्ध एक अनुपम पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नको लागि सहयोग पुग्ने बताइएको छ ।

पाथीभरा देवी मुकुम्लुङ दर्शन केवलकार सञ्चालन तथा व्यवस्थापन आइएमई ग्रुपले गरिरहेको छ । आइएमई ग्रुपले केवलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव हासिल गरिसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register