टाइगर कप भलिबल ः ट्राभल इन्क्वारीमाथि एपिएफको जित
लेखनाथ, १२ माघ। पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई हराएको छ । पोखरा रङ्गशालामा शनिबार बिहान भएको खेलामा एपिएफले ३–२ सेटले खेल जितेको हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको पहिलो खेलमा पहिला [...] The post टाइगर कप भलिबल ः ट्राभल इन्क्वारीमाथि एपिएफको जित appeared first on Jhapa Online.

लेखनाथ, १२ माघ। पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई हराएको छ ।
पोखरा रङ्गशालामा शनिबार बिहान भएको खेलामा एपिएफले ३–२ सेटले खेल जितेको हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको पहिलो खेलमा पहिला दुई सेट एपिएफले गुमाएको थियो । पछि उत्कृष्ट पुनरागमन गर्दै एपिएफ ३–२ सेटले जित निकाल्न सफल भयो । पहिलो सेटमा १२–७ को एपिएफको अग्रतालाई उल्टाउँदै ट्राभल इन्क्वारीले आफ्नो पक्षमा पारेको थियो ।
इन्क्वारीले दोस्रो सेटमा २५–२० को सहज जित निकालेको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै एपिएफले जित निकाल्दा खेल पाँचौं सेटमा पुगेको हो । एपिएफले तेस्रो सेट २५–१९ र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफले १५–७ को जित निकालेको हो ।
शनिबारको दोस्रो खेलमा महिलातर्फ टिपटप न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै छन् । दोस्रो खेलपछि प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने तय छ ।
उद्घाटन खेलपछि शनिबारको अन्तिम र तेस्रो खेल आयोजक महिला टोली र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । पाँचौं संस्करणको टाइगर कप भलिबल १९ गतेसम्म प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले बताए। प्रतियोगितामा आइतबारबाट पुरुषतर्फका खेल हुनेछन् ।
The post टाइगर कप भलिबल ः ट्राभल इन्क्वारीमाथि एपिएफको जित appeared first on Jhapa Online.
What's Your Reaction?






