इङ्ल्यान्डविरुद्धको दोस्रो टी–२० मा पनि भारत विजयी

काठमाडौं । भारतले इङ्ग्ल्यान्डलाई दोस्रो टी–२० क्रिकेटमा पनि पराजित गरेको छ । शनिबार साँझ चेन्नाईमा भएको खेलमा घरेलु टोली भारतले इङ्ग्ल्यान्डलाई २ विकेटले पराजित गरेको हो । भारतको जितमा तिलक वर्मा नायक बने । उनले ७२ रनको अविजित इनिङ खेले । टस हारेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन […]

Jan 26, 2025 - 03:47
 0
इङ्ल्यान्डविरुद्धको दोस्रो टी–२० मा पनि भारत विजयी

काठमाडौं । भारतले इङ्ग्ल्यान्डलाई दोस्रो टी–२० क्रिकेटमा पनि पराजित गरेको छ ।

शनिबार साँझ चेन्नाईमा भएको खेलमा घरेलु टोली भारतले इङ्ग्ल्यान्डलाई २ विकेटले पराजित गरेको हो ।

भारतको जितमा तिलक वर्मा नायक बने । उनले ७२ रनको अविजित इनिङ खेले ।

टस हारेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

इङ्ग्ल्यान्डका लागि कप्तान जोस बटलरले सर्वाधिक रन बनाए । उनले ४५ रनको इनिङ खेले । यस्तै ब्रेडेन कार्सले ३१ रन बनाए ।

भारतका लागि अक्षर पटेल र वरुण चक्रवर्तीले समान २–२ विकेट लिए ।

जवाफी ब्याटिङमा आएको भारतले १९.२ ओभरमा ८ विकेट गुमाएर १६६ रन बनाउँदै लक्ष्य भेट्टायो ।

तिलकले रवि बिश्नोईसँगको भारतलाई खेल जिताए । रवि ९ रन बनाएर अविजित रहे ।

कोलकातामा भएको पहिलो खेल पनि भारतले ७ विकेटले जितेको थियो । अब उसले सिरिजमा इङ्ग्ल्यान्डविरुद्ध २–० को अग्रता लिएको छ ।

अब २ वटा टी–२० खेल खेल्न बाँकी छ । साथै यी २ टोलीबीच ३ वटा एकदिवसीय खेल पनि हुनेछन् ।

भारतले पहिलो टी–२० मा इङ्ग्ल्यान्डलाई ७ विकेटले हरायो

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register