पूर्वाधार र सुशासनका विषयमा सांसद र विज्ञसँग छलफलमा माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा छलफल आयोजना गरेको छ । राजधानीमा जारी छलफलमा पार्टीका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा पार्टी नेताहरु सहभागी छन् । कार्यक्रममा पत्रारकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निष्कर्ष र छलफल शीर्षकमा प्रस्तुति दिएका छन् । यस्तै, इन्ष्टिच्युट फर गभर्नमेन्ट […]

Jan 26, 2025 - 06:29
 0
पूर्वाधार र सुशासनका विषयमा सांसद र विज्ञसँग छलफलमा माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले पूर्वाधार र सुशासनका विषयमा छलफल आयोजना गरेको छ ।

राजधानीमा जारी छलफलमा पार्टीका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा पार्टी नेताहरु सहभागी छन् । कार्यक्रममा पत्रारकारद्वय हरिबहादुर थापा र मकर श्रेष्ठले खोज पत्रकारिताको निष्कर्ष र छलफल शीर्षकमा प्रस्तुति दिएका छन् ।

यस्तै, इन्ष्टिच्युट फर गभर्नमेन्ट एण्ड पब्लिक अफेयर्स (आइजीपीए)ले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन स्थिति : प्रमुख निष्कर्ष र सुझावहरु तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले पूर्वाधार शासन र राष्ट्रिय गौरवका आयोजनाहरु : समस्या र सम्भावित समाधानहरुको पहिचान विषयमा प्रस्तुतिकरण दिनेछन् ।

यस्तै, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्वाधार शासन र राजनीतिक दल : चुनौतीहरु र आगामी बाटो विषयमा विशेष सम्बोधन गर्ने विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।

राष्ट्रिय गौरवका आयोजना र विकास आयोजनामा हुने भ्रष्टाचार नियन्त्रणमा खेल्नुपर्ने भूमिकाबारे संसद् र संसद्‌बाहिर पार्टीको संस्थागत धारणा बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रमले प्रमुख प्रतिपक्षका हैसियतमा सङ्घीय संसद्‌का दुवै सदनमा आयोजनाहरुको अवस्था र सरकारका गलत कामकारबाहीबारे बोल्न सांसदहरुलाई सहयोग पुग्ने विश्वास लिइएको पुनले उल्लेख गरे ।

कार्यक्रममा निर्माणाधीन अवस्थामा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु हुलाकी राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्ग, उत्तर दक्षिण कोशी करिडोर, उत्तर दक्षिण कालीगण्डकी करिडोर, उत्तर दक्षिण कर्णाली करिडोर, काठमाडौं-तराई एक्सप्रेस वे, लुम्बिनी क्षेत्र विकास आयोजना, मेलम्ची खानेपानी आयोजना, बुढीगण्डकी जलाशययुक्त परियोजना लगायतको प्रगति र समस्याको पहिचानका विषयमा छलफल भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register