राप्रपाले लिङ्देनको नेतृत्वमा उपत्यका केन्द्रित आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  राजसंस्था फर्काउने निर्णायक आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनलाई सुम्पिएको छ । कार्यसम्पादन समितिको बैठकले उपत्यका केन्द्रित आन्दोलन लिङ्देनको नेतृत्वमा गर्ने निर्णय गरेको हो । ‘अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्था र हिन्दुरास्ट्रको आन्दोलनलाई उपत्यका केन्द्रित गर्ने निर्णय भएको छ’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आन्दोलनको कार्यक्रम तय […]

Mar 18, 2025 - 12:53
 0
राप्रपाले लिङ्देनको नेतृत्वमा उपत्यका केन्द्रित आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले  राजसंस्था फर्काउने निर्णायक आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनलाई सुम्पिएको छ ।

कार्यसम्पादन समितिको बैठकले उपत्यका केन्द्रित आन्दोलन लिङ्देनको नेतृत्वमा गर्ने निर्णय गरेको हो ।

‘अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राजसंस्था र हिन्दुरास्ट्रको आन्दोलनलाई उपत्यका केन्द्रित गर्ने निर्णय भएको छ’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार आन्दोलनको कार्यक्रम तय गर्न चैत १२ गते मूल आयोजक समितिको बैठक बोलाइएको छ । सोही बैठकले आन्दोलन कार्यक्रम घोषणा गर्ने छ ।

चैत १२ गतेको बैठकमा धवल शमशेर राणा नेतृत्वको आन्दोलन परिचालन समितिले आन्दोलन सम्बन्धी कार्य योजना पेस गर्नेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register