अर्थमन्त्रीको दाबी- ‘मौद्रिक नीति थप लचिलो आउँछ’

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीति थप लचिलो हुने बताएका छन् । विराटनगरमा ‘विराट एक्सपो’को उद्घाटन गर्दै पौडेलले राष्ट्र बैंकको मौद्रिक नीति थप लचिलो हुने बताएका हुन् । उनले पछिल्लो समय राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै लगेको भन्दै आगामी दिनमा थप लचिलो हुने बताएका छन् । राष्ट्र बैंकको मौद्रिक नीति लचिलो बताउने विषयमा […]

Jan 26, 2025 - 06:26
 0
अर्थमन्त्रीको दाबी- ‘मौद्रिक नीति थप लचिलो आउँछ’

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीति थप लचिलो हुने बताएका छन् । विराटनगरमा ‘विराट एक्सपो’को उद्घाटन गर्दै पौडेलले राष्ट्र बैंकको मौद्रिक नीति थप लचिलो हुने बताएका हुन् ।

उनले पछिल्लो समय राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै लगेको भन्दै आगामी दिनमा थप लचिलो हुने बताएका छन् ।

राष्ट्र बैंकको मौद्रिक नीति लचिलो बताउने विषयमा सरकारले राष्ट्र बैंकसँग पहल गर्ने अर्थमन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले त्यसका लागि गभर्नरसँग परामर्श तथा छलफल गरिरहेको पनि बताएका छन् ।

त्यस्तै, अर्थमन्त्री पौडेलले नेपालमा राजनीति बिग्रिएकै कारण अर्थतन्त्र बिग्रिएको बताएका छन् । उनले काँग्रेस–एमालेको सरकार गठनपछि नीतिगत रुपमा गरिएको परिवर्तनकै कारण अहिले निजी क्षेत्रको मनोबल बढेको पनि दाबी गरेका छन् । उनले निजी क्षेत्रको मनोबल थप बढाउन र अर्थतन्त्र लयमा ल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्दै मौद्रिक नीति थप लचिलो आउने बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register