टिकटकको स्वामित्व माइक्रोसफ्टले लिन सक्ने ट्रम्पको संकेत

वासिंगटन डिसी ।  चिनियाँ भिडियो प्लेटफर्म टिकटक अमेरिकन कम्पनी माइक्रोसफ्टले खरिद गर्ने संकेत देखिएको छ ।   संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट टिकटक किन्न विचार गर्ने कम्पनीहरू मध्ये एक रहेको बताए पछि सो बारेमा थप चर्चा परिचर्चा सुरु भएको हो ।  चिनियाँ प्लेटफर्म टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै हाल ‘प्रतिबन्धको अवस्था’ […]

Jan 28, 2025 - 06:38
 0
टिकटकको स्वामित्व माइक्रोसफ्टले लिन सक्ने ट्रम्पको संकेत

वासिंगटन डिसी ।

 चिनियाँ भिडियो प्लेटफर्म टिकटक अमेरिकन कम्पनी माइक्रोसफ्टले खरिद गर्ने संकेत देखिएको छ । 

 संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट टिकटक किन्न विचार गर्ने कम्पनीहरू मध्ये एक रहेको बताए पछि सो बारेमा थप चर्चा परिचर्चा सुरु भएको हो ।

 चिनियाँ प्लेटफर्म टिकटक अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै हाल ‘प्रतिबन्धको अवस्था’ मा रहेको बेला ट्रम्पको यो पछिल्लो टिप्पणी आएको हो । 

 माइक्रोसफ्टले लोकप्रिय भिडियो साझेदारी एप प्राप्त गर्न वार्ता गरिरहेको छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले भने, ‘हो भइरहेको छ ।’ 

 ट्रम्पले टिकटकमा ठूलो चासो रहेको बताउँदै बिक्रीमा चासो राख्ने अमेरिकी फर्महरूको पूर्ण सूची उपलब्ध गराउन भने अस्वीकार गरेका छन् ।

 मियामीबाट वाशिंगटन, डीसी, एयर फोर्स वनमा यात्रा गर्दा ट्रम्पले पत्रकारहरूलाई भने, ‘मलाई युद्धहरू बिड गर्न मन पर्छ किनभने तपाईं आफ्नो उत्तम सम्झौता गर्नुहुन्छ।’

 माइक्रोसफ्ट र टिकटक दुवैले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register