पाथीभरा केवलकार विवादले अनिश्चितकालिन यातायात बन्द

ताप्लेजुङ, १५ माघ । ताप्लेजुङमा अवस्थित पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएका पहिचान पक्षधर तथा नो केबलकार पक्षधरले गरेको अनिश्चितकालिन यातायात बन्दका कारण यातायात ठप्प बनेको छ । बन्दका कारण मङ्गलवार बिहान देखि मेची राजमार्गका ताप्लेजुङ सहित पाँचथर, इलाम सहित तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने कुनै पनि यातायातको साधन सञ्चालनमा आउन [...] The post पाथीभरा केवलकार विवादले अनिश्चितकालिन यातायात बन्द appeared first on Jhapa Online.

Jan 28, 2025 - 06:43
 0
पाथीभरा केवलकार विवादले अनिश्चितकालिन यातायात बन्द

ताप्लेजुङ, १५ माघ । ताप्लेजुङमा अवस्थित पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएका पहिचान पक्षधर तथा नो केबलकार पक्षधरले गरेको अनिश्चितकालिन यातायात बन्दका कारण यातायात ठप्प बनेको छ ।

बन्दका कारण मङ्गलवार बिहान देखि मेची राजमार्गका ताप्लेजुङ सहित पाँचथर, इलाम सहित तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने कुनै पनि यातायातको साधन सञ्चालनमा आउन सकेको छैन । मेची राजमार्गको विभिन्न खण्डमा बिहान देखि सुरक्षाकर्मी तथा आन्दोलनकर्मीको उपस्थिति देखिन्छ ।

केबलकार निर्माण खारेज गर्न, सैन्य करण फिर्ता गर्नुपर्ने, नियन्त्रणमा लिइएको योद्दाहरुकोे बिना सर्त रिहाइ, झुटा मुद्धाहरु लगाउन बन्द गर्नुपर्ने माग सहित अनिश्चितकालिन बन्दको आह्वान गरिएको हो । यस्तै मुक्कुम्लु प्रेमीहरूलाई गोली हान्न आदेश दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग पनि गरिएको छ । शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएको समूहमा गोली चलाइएकाले अनिश्चितकालीन बन्द आह्वान गर्न बाध्य भएको सङ्घर्षरत पक्षका श्री लिङखिमले जानकारी दिनुभयो ।

शनिबार ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रको बालुडाँडामा प्रहरीको गोली लागि नो केबलका समूहका तिन जना गम्भीर घाइते भएका थिए ।

The post पाथीभरा केवलकार विवादले अनिश्चितकालिन यातायात बन्द appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register