पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द

काठमाडौं । पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ । बुधबार कतार एयरवेजले जानकारी दिदै परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा रखेर अस्थायी रुपमा उडान बन्द गरेको जानकारीय दिएको छ । एयरलाइन्सले यात्रुहरूलाई प्रभावित उडानहरूको पछिल्लो जानकारीको लागि कतार एयरवेजको […]

May 7, 2025 - 05:26
 0
पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द

काठमाडौं ।

पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ ।


बुधबार कतार एयरवेजले जानकारी दिदै परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा रखेर अस्थायी रुपमा उडान बन्द गरेको जानकारीय दिएको छ ।

एयरलाइन्सले यात्रुहरूलाई प्रभावित उडानहरूको पछिल्लो जानकारीको लागि कतार एयरवेजको आधिकारिक वेबसाइट हेर्नको निमित्त सल्लाह समेत दिएको छ ।

पाकिस्तानी अधिकारीहरूले लाहोर र कराँचीका प्रमुख शहरहरूलाई समेट्ने हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन् भने एयर फ्रान्स एयरलाइन्सले अर्को सूचना नआएसम्मका लागि पाकिस्तानमाथि उडानहरू स्थगित गरेको जनाएको छ ।


त्यस्तै जर्मन एयरलाइन्स लुफ्थान्साले पनि अर्को सूचना नभएसम्म पाकिस्तानी हवाई क्षेत्रबाट बच्ने जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register