छ महिनामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी ४८ खर्बमाथि

काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कहरूको चालु आवको ६ महिनामा कर्जा लगानी ४८ खर्ब नाघेको छ । नेपाल बैंकर सङ्घका अनुसार साउनदेखि पुषमसान्तसम्ममा बैङ्कहरूले कर्जा प्रवाह ७ दशमलव ०६ प्रतिशतले वृद्धि गरेका हुन् । गत वर्षको सोही अवधिमा बैङ्कहरूले ४४ खर्ब ९८ अर्ब कर्जा प्रवाह गरेका थिए । यस वर्ष भने ४८ खर्ब […]

Jan 28, 2025 - 06:51
 0
छ महिनामा वाणिज्य बैङ्कहरूको कर्जा लगानी ४८ खर्बमाथि

काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कहरूको चालु आवको ६ महिनामा कर्जा लगानी ४८ खर्ब नाघेको छ ।

नेपाल बैंकर सङ्घका अनुसार साउनदेखि पुषमसान्तसम्ममा बैङ्कहरूले कर्जा प्रवाह ७ दशमलव ०६ प्रतिशतले वृद्धि गरेका हुन् । गत वर्षको सोही अवधिमा बैङ्कहरूले ४४ खर्ब ९८ अर्ब कर्जा प्रवाह गरेका थिए ।

यस वर्ष भने ४८ खर्ब १५ अर्ब ६२ करोड रुपैयाँ कर्जा लगानी भएको सङ्घले जनाएको छ । जसमा सबैभन्दा बढी कर्जा लगानी गर्नेमा ग्लोबल आइएमई बैङ्क पहिलो स्थानमा रहेको छ । जसले समीक्षा अवधिमा ३ खर्ब ३० अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै, नबिलले ४ खर्ब ९ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । एभरेस्ट बैङ्कले चालु आवको पुस मसान्तसम्ममा २ खर्ब १७ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । तथ्याङ्कगत रूपमा हेर्दा एभरेस्ट बैङ्कले समीक्षा अवधिमा कर्जा प्रवाह आक्रामक रूपमा वृद्धि गरेको देखिन्छ ।

नेपाल बैङ्कले २ खर्ब २२ अर्ब ८७ करोड रुपैयाँ, एनआईएमबीले ३ खर्ब ५५ अर्ब, कुमारीले ३ खर्ब ५ अर्ब, आरबीबीले २ खर्ब ८४ अर्ब, लक्ष्मी सनराइज्‌ले २ खर्ब ७८ अर्ब, एनएमबी २ खर्ब २९ अर्ब, सिद्धार्थले २ खर्ब १६ अर्ब, प्राइमले २ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

त्यसैगरी, एडीबी २ खर्ब ६ अर्ब, सानिमा १ खर्ब ७४ अर्ब, सिटिजन्स १ खर्ब ६६ अर्ब, नेपाल एसबीआई १ खर्ब ३९ अर्ब र माछापुच्छ्रे १ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register