मदन राई बालयौन दुरूपयोगमा दोषी ठहर

काठमाडौं । आफूलाई कृषिविज्ञ बताउने मदन राई बालयौन दुरूपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको एकल इजलासले माघ १० गते ७५ वर्षीय राईलाई दोषी ठहर गरेको हो । शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राईले सोही फाउन्डेसनमा अध्ययनररत बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । राईलाई सजाय निर्धारणका लागि २५ […]

Jan 26, 2025 - 06:38
 0
मदन राई बालयौन दुरूपयोगमा दोषी ठहर

काठमाडौं । आफूलाई कृषिविज्ञ बताउने मदन राई बालयौन दुरूपयोगमा दोषी ठहर भएका छन् ।

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको एकल इजलासले माघ १० गते ७५ वर्षीय राईलाई दोषी ठहर गरेको हो ।

शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राईले सोही फाउन्डेसनमा अध्ययनररत बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

राईलाई सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ । उनलाई ३ वर्षसम्म कैद सजाय हुनसक्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register