कोशीका प्रदेश प्रमुख खापुङलाई वित्त आयोगको वार्षिक प्रतिवेदन बुझाइयो

मोरङ । कोशी प्रदेश प्रमुख  परशुराम खापुङलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैठौँ वार्षिक प्रतिवेदन बुझाइएको छ । मङ्गलबार आयोगका अध्यक्ष बालानन्द पौडेलले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८०–८१ को प्रदेशगत छैठौं वार्षिक प्रतिवेदन हस्तान्तरण गरे । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले सङ्घीयतालाई बलियो बनाउन, राजस्व बाँडफाँट […]

Jan 29, 2025 - 01:21
 0
कोशीका प्रदेश प्रमुख खापुङलाई वित्त आयोगको वार्षिक प्रतिवेदन बुझाइयो
मोरङ । कोशी प्रदेश प्रमुख  परशुराम खापुङलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैठौँ वार्षिक प्रतिवेदन बुझाइएको छ । मङ्गलबार आयोगका अध्यक्ष बालानन्द पौडेलले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८०–८१ को प्रदेशगत छैठौं वार्षिक प्रतिवेदन हस्तान्तरण गरे ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले सङ्घीयतालाई बलियो बनाउन, राजस्व बाँडफाँट गर्न आयोगको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सङ्घीय शासन व्यवस्थामा आर्थिक स्रोतसाधन जुटाउने, नियमन गर्ने र व्यवस्थापन गर्ने जस्ता जिम्मेवारी आयोगको काँधमा रहेको धारणा राखे ।

प्रदेश प्रमुख खापुङले आयोगले सिफारिस गरेका ढाँचालाई सबै तहले पालना गरेमा आर्थिक अनुशासन कायम हुनाका साथै राजस्व वृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

आयोगका अध्यक्ष पौडेलले सवारीसाधन करको रकम सम्बन्धित प्रदेशभित्रका स्थानीय  सरकारललाई अन्तरसरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा ५ बमोजिम मासिक रूपमा उपलव्ध गराउन प्रतिवेदनमा सुझाव दिएको बताए ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली र आयोगका सदस्यको उपस्थिति रहेको थियो । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register