प्रेस सेन्टर राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते
झापा, १६ माघ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते काठमाडौँमा हुने भएको छ । काठमाडौंमा भएको केन्द्रीय समितिको पाँचौँ बैठकले महाधिवेशनको निर्णय गरेको महासचिव सन्तोष पौडेलले बताए । सङ्गठनको २१ ओं स्थापना दिवसको अवसरमा आयोजना गरिएको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्न सचिवालय र विभिन्न उपसमितिहरू निर्माण गरिएको [...] The post प्रेस सेन्टर राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते appeared first on Jhapa Online.

झापा, १६ माघ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते काठमाडौँमा हुने भएको छ । काठमाडौंमा भएको केन्द्रीय समितिको पाँचौँ बैठकले महाधिवेशनको निर्णय गरेको महासचिव सन्तोष पौडेलले बताए ।
सङ्गठनको २१ ओं स्थापना दिवसको अवसरमा आयोजना गरिएको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्न सचिवालय र विभिन्न उपसमितिहरू निर्माण गरिएको महासचिव पौडेलले जानकारी दिए । उनका अनुसार महाधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, प्रतिवेदन लेखन समिति, निर्वाचन समिति, अध्यक्ष मण्डल, प्रचार तथा प्रकाशन समिति, आर्थिक व्यवस्था समिति, सदस्य तथा प्रतिनिधि अभिलेखीकरण तथा अनुगमन समिति, अतिथि सत्कार समितिलगायतका समितिहरू निर्माण गरिएको छ ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख अग्नि सापकोटाको प्रमुख उपस्थितिमा सम्पन्न बैठकमा केन्द्रीय अध्यक्ष विष्णु सापकोटाले प्रस्तुत गरेको प्रस्ताव र एजेन्डाहरूमाथि बैठकमा सहभागी अधिकांश सदस्यहरूले धारणा राखेपछि सर्वसम्मत पारित भएको थियो । बैठकले समसामयिक विषयमा १५ बुँदे काठमाडौँ घोषणा पत्र पनि जारी गरेको छ ।
The post प्रेस सेन्टर राष्ट्रिय महाधिवेशन आगामी चैत १६ र १७ गते appeared first on Jhapa Online.
What's Your Reaction?






