ऊर्जामन्त्रीविरुद्धको उजुरीमा छलफल गर्न बोलाइएको बैठकमा काङ्ग्रेस सांसद अनुपस्थित

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काविरुद्धको उजुरीमा छलफल हुने कार्यसूची थियो । तर, समितिमा काङ्ग्रेसका सांसदहरु अनुपस्थित भएपछि कोरम नपुगेको भन्दै सभापति दीपकबहादुर सिंहले बैठक स्थगित गरेका हुन् । समितिमा काङ्ग्रेसका ८ जना सांसद सदस्य रहेकोमा राजेन्द्र बजगाईं र कल्पना […]

Jan 29, 2025 - 09:15
 0
ऊर्जामन्त्रीविरुद्धको उजुरीमा छलफल गर्न बोलाइएको बैठकमा काङ्ग्रेस सांसद अनुपस्थित

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काविरुद्धको उजुरीमा छलफल हुने कार्यसूची थियो ।

तर, समितिमा काङ्ग्रेसका सांसदहरु अनुपस्थित भएपछि कोरम नपुगेको भन्दै सभापति दीपकबहादुर सिंहले बैठक स्थगित गरेका हुन् ।

समितिमा काङ्ग्रेसका ८ जना सांसद सदस्य रहेकोमा राजेन्द्र बजगाईं र कल्पना चौधरी मात्रै उपस्थित थिए ।

२५ सदस्यीय समितिमा गणपुरक सङ्ख्या पुर्‍याउन १४ जना सांसद आवश्यक पर्छ । तर, बुधबारको बैठकमा जम्मा १२ जना मात्रै सांसद उपस्थित भएको सभापति सिंहले बताए ।

अर्को बैठक कहिले बस्ने तय भइसकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register