एनएमबि बैङ्कको २०२औं शाखा उद्घाटन, वित्तीय सेवा थप मजबुत

काठमाडौं । एनएमबि बैङ्क लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गर्दै माघ १४ गते आठबीसकोट रुकुममा आफ्नो २०२औं शाखा उद्घाटन गरेको छ । उद्घाटन समारोह आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी र एनएमबि बैङ्कका नायब महाप्रमुख प्रमोद दाहालको उपस्थितिमा सम्पन्न भएको थियो । नयाँ शाखा सञ्चालनले आठबीसकोट क्षेत्रका स्थानीय समुदायलाई सहज, सुरक्षित, र गुणस्तरीय वित्तीय सेवा […]

Jan 29, 2025 - 13:15
 0
एनएमबि बैङ्कको २०२औं शाखा उद्घाटन, वित्तीय सेवा थप मजबुत

काठमाडौं । एनएमबि बैङ्क लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गर्दै माघ १४ गते आठबीसकोट रुकुममा आफ्नो २०२औं शाखा उद्घाटन गरेको छ ।

उद्घाटन समारोह आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी र एनएमबि बैङ्कका नायब महाप्रमुख प्रमोद दाहालको उपस्थितिमा सम्पन्न भएको थियो ।

नयाँ शाखा सञ्चालनले आठबीसकोट क्षेत्रका स्थानीय समुदायलाई सहज, सुरक्षित, र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ । व्यक्तिगत ग्राहकहरू, व्यवसायीहरू र स्थानीय संस्थाहरूको आवश्यकता सम्बोधन गर्न यो शाखाले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

यस शाखाले क्षेत्रीय आर्थिक गतिविधि र विकासलाई थप गति दिन सहयोग गर्ने विश्वास गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register