अमेरिकी सांसद भन्छन् – नेपालमा नास्तिकता विस्तार गर्न ५ लाख डलर खर्च गरियो

काठमाडौं । अमेरिकाका एक सांसदले नेपालमा नास्तिकता फैलाउन ५ लाख डलर खर्च गरेको खुलासा गरेका छन् । फरेन अफेयर्स (विदेश मामिला) समितिका सभापति तथा फ्लोरिडाबाट रिपब्लिकन पार्टीका सांसद ब्रायन मास्टले सीबीएसको ‘फेस द नेसन’मा मार्गरेट ब्रेननसँगको कुराकानीमा सो कुरा खुलाएका हुन् । उनले भनेका छन्, “नेपालमा नास्तिकता विस्तार गर्न आधा मिलियन डलर भएको छ ।” […]

Feb 4, 2025 - 07:51
 0
अमेरिकी सांसद भन्छन् – नेपालमा नास्तिकता विस्तार गर्न ५ लाख डलर खर्च गरियो

काठमाडौं । अमेरिकाका एक सांसदले नेपालमा नास्तिकता फैलाउन ५ लाख डलर खर्च गरेको खुलासा गरेका छन् ।

फरेन अफेयर्स (विदेश मामिला) समितिका सभापति तथा फ्लोरिडाबाट रिपब्लिकन पार्टीका सांसद ब्रायन मास्टले सीबीएसको ‘फेस द नेसन’मा मार्गरेट ब्रेननसँगको कुराकानीमा सो कुरा खुलाएका हुन् ।

उनले भनेका छन्, “नेपालमा नास्तिकता विस्तार गर्न आधा मिलियन डलर भएको छ ।”

साथै, उनले कोलम्बियामा ट्रान्सजेन्डर अपरेसन चलाउन ५० हजार डलर, पेरूमा एलजीबीटीक्यूका सम्बन्धमा ४७ हजार डलर, इक्वेडरमा ड्र्याग शोहरूमा २० हजार डलर खर्च भएको दाबी गरेका छन् ।

विकिपिडियाकाअनुसार नास्तिकता त्यस्तो सिद्धान्त हो, जसले विश्वव्यापी रूपमा स्वीकृत प्रमाणको अभावको आधारमा संसार सृष्टि गर्ने, यसलाई सञ्चालन गर्ने र नियन्त्रण गर्ने कुनै पनि ईश्वरको अस्तित्वलाई स्वीकार गर्दैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register